» » निवार्चान आयोगको चेतावनीपछि तमलोपाले फिक्स गरे महाधिवेशनको डेट


नवलपरासी, वैशाख ११ गते । तराई–मधेस लोकतान्त्रिक पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ६ गतेदेखि ८ गतेसम्म नवलपरासीमा हुने भएको छ ।
तमलोपाका जिल्ला उपाध्यक्ष पुरन चौधरीले महाधिवेशनमा देशभरका दुई हजार पार्टी प्रतिनिधि, १२ देशका दलका प्रतिनिधि र १६ मुलकका राजदूत वा प्रतिनिधिको उपस्थिति रहने जानकारी दिनुभयो छ ।

विसं २०६४ मा स्थापित तमलोपाको पहिलो महाधिवेशन यस वर्ष हुन लागेको हो ।

्निर्वाचन आयोगले पटक पटक तागेता गर्दा पनि महाधिवेशन गर्न अटेरी गरेपछि असारभित्र महाधिवेशन नगरे पार्टी नै खारेज हुने चेतावनी दिएपछि सो पार्टीले असारमा महाधिवेशन गर्न लागेका हुन् ।

यसपनि पटक पटक महाधिवेशनको समय तोकेपनि पार्टीका आन्तरिक द्धन्दका कारण महाधिवेशन हुन सकेका थिएन । यसपटक महाधिवेशन हुनेमा पार्टी पंक्ति विश्वस्त रहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..