» » राजेन्द्र महतोद्धारा निष्पक्ष छानविनको माग


धनुषा, वैशाख ११ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले निलम्बित सभासद् सञ्जय साहको मुद्दामा सरकारले निश्पक्ष रुपमा छानबिन समिति गठनको माग गर्नु भएको छ ।

जनकपुरमा आज पत्रकारहरुसँग कुरागर्दै अध्यक्ष महतोले निर्षोदलाई दण्डित नगर्नु र अपराधीलाई नछाड्नु न्यायको सिद्धान्त रहेकाले सञ्जय साह प्रकरणमा हामीले बारम्बार निश्पक्ष छानबिनको माग गर्दै आएका हौँ भन्नु भयो ।
अध्यक्ष महतोले सञ्जय साहको मुद्दाबारे मोर्चाको बैठकमा कुरा उठाएको जिकिर गर्दै यो सद्भावनाको निजी समस्या भएकाले सो प्रस्ताव अस्वीकार गरिएको बताउनुभयो ।

निलम्बित सभासद् साह हालसम्म सद्भावना पार्टीको वरिष्ठ उपाध्यक्ष पदमा रहिरहेको बारेमा उहाँले सद्भावना पार्टी पुर्नगठन नभएकाले उहाँको पद सुरक्षित रहेको प्रतिक्रिया दिनुभयो ।

सङ्घीय गठबन्धनको बैठकबाट प्रथम चरणको आन्दोलनको घोषणा भएको भन्दै अबको आन्दोलनको स्वरुप परिवर्तन गरी सबै जिल्लाबाट आन्दोलन गरिने उहाँले बताउनुभयो ।

‘काठमाडौँ जाउँ, सिंहदरबार घेरौँ, सरकार झुकाऔँ’ भन्ने नाराका साथ जेठ १ गतेदेखि काठमाडाँै केन्द्रित आन्दोलन गर्ने बताउँदै अध्यक्ष महतोले यो आन्दोलनमा सङ्घीय गठबन्धनमा आवद्ध रहेका हिमाल पहाडका जनजाति, दलित आदिवासी समेत आउने उल्लेख गर्नु भयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..