» » बहुविवाह गरि फरार अभियुक्त पक्राउ


सप्तरी, वैशाख १६ गते । विगत पाँच वर्षदेखि फरार रहेका बहुविवाहका एक आरोपितलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको सप्तकोसी नगरपालिका–२ फतेपुर निवासी ४५ वर्षीया पारस बस्नेत रहेको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका बस्नेतलाई आजै जिल्ला अदालतमा उपस्थित गराई राजविराज कारागारमा पठाइने प्रहरी निरीक्षक महतले जानकारी दिनुभयो ।

बस्नेतलाई २०६८ सालमा जिल्ला अदालत राजविराजले बहुविवाहको अभियोगमा ११ महिना कैद र रु पाँच हजार जरिवाना गरेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..