» » यसकारणले राजेन्द्र महतोले देख्नुहुन्छ आन्दोलन सफल हुने अवस्था

काठमाण्डौ, बैशाख १६ गते । सदंभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलन फेरी उचाईमा पुग्ने र राज्य सत्तालाई झुकाउने दावी गर्नुभएको छ ।

काठमाण्डौ स्थित पार्टी सम्पर्क कार्यालयमा संचारकर्मीहरूसँग कुरा गर्दै महतोले भन्नुभयो, आन्दोलनको माग कुनै नयाँ नभएको, समावेशी समानुपातिक प्रतिनिधित्व देखि लिएर जनसंँख्याको आधारमा प्रतिनिधित्व र नागरिकता सम्बन्धी प्रावधान अन्तरिम सविधान भएकै व्यवस्था हामीले खोजेका हौं। साथै प्रदेशको सिमांकन सम्बन्धमा प्रथम सविधान साभाद्वारा गठित राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँट समिति तथा राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदन तथा मधेसी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायहरूसँग भएको सम्झौताहरू र नेपालको अन्तरिम संविधान २०६३ को धारा १३८९१० र १३८९१क० अनुरुप तराई(मधेश(थरुहटमा दुई स्वायत्त प्रदेश खोजेका हौं ।

उहाँले सङ्घीय गणतन्त्र नेपालका सबै अङ्ग, तह (सङ्घ, प्रदेश र स्थानीय निकाय) र निकायहरूमा सरकारी कामकाजमा बहुभाषिक नीति लागू गरिनु पर्ने र राज्यको सम्पूर्ण अङ्ग, तह, निकाय र सेवा आयोगहरूमा समानुपातिक समावेशी प्रतिनिधित्व प्रत्याभूति हुनुपर्ने, प्रतिनिधि सभामा प्रदेशहरूको जनसङ्ख्याका आधारमा प्रत्येक प्रदेशहरूलाई सीट सँङ्ख्याको विभाजन गरी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनु पर्ने, यसका लागि समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नु पर्ने, राष्ट्रियसभामा प्रत्येक प्रदेशहरूबाट अनिवार्य प्रतिनिधित्व हुने गरी जनसँङ्ख्याको आधारमा प्रदेशसभाको सदस्यहरू मतदाता हुने गरी एकल संक्रमणीय निर्वाचन प्रणालीबाट गठन हुनु पर्ने, वैवाहिक नागरिकताको प्राप्ति सङ्घीय कानुनमा नभई संविधानमा नै स्पष्ट व्यवस्था हुनुपर्ने र संवैधानिक पदहरूमा मनोनित वा निर्वाचित अन्तरिम संविधानको व्यवस्था अनुरुप नै हुनुपर्ने जस्ता आन्दोलनको प्रमुख माग रहेको पनि प्रस्ट पार्नुभयो ।

महतोले ुआन्दोलनको दौरान मधेश(थरुहट लगायतका क्षेत्रमा मारिएकाहरूलाई शहीद घोषणा तथा मृतक परिवारहरूलाई क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरूको उपचार, अंगभंग भई अपाङ्गता हुन पुगेकाहरूलाई आवश्यक क्षतिपूर्ति तथा अन्य सुविधाहरू सरकारले दिनुपर्ने साथै गिरफ्तार गरिएका आन्दोलनकारी नेताहरूलाई विनाशर्त तत्काल रिहा गर्नुपर्ने र राजनीतिक नेता तथा कार्यकर्ताहरूमाथि लगाइएका झुठा मुद्दाहरू खारेज गरी र राज्यद्वारा जारी रहेको राज्य आतंक, हिंसा, हत्या, दमन र गिरफ्तारी तत्काल अन्त्य गरिनु पर्नेु बताउनुभयो।

अहिले सरकार संस्थागत एवं नीतिगत रुपमै भ्रष्टाचार, घुसखोरी, कमिशनतन्त्रमा लागेको, भूकम्पको एक बर्ष बितिसक्दा पनि भूकम्प पीडितहरूलाई  राहत तथा पुनर्वास र पुनर्निर्माणका कार्य गर्न नसकेको महतोले आरोप लगाउनुभयो।

आम जनता सविधानमा पनि विभेदमा पारिएको महसूस गरिरहेको र जनतालाई सुशासनको प्रत्याभूति नभईरहेको अवस्थामा जनता सड़कमा ओर्लिने र आन्दोलन फेरी उचाईमा पुग्ने र राज्य सत्तालाई झुकाउने पनि महतोले ठोकुवा गर्नुभयो।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..