» » नेपालमा चीनको सक्रियताः प्रचण्ड निवासमा एकै दिन दुई मिटिगं


काठमाडौं, चैत १९ गते । नेपालमा चीन गतिविधि बढेको कारण रुष्ट रहेको भारतलाई झन चिढाउन सरकारले पक्षले मलजल गरिरहेका छन् । एक चीनको नीतिमा रहेको नेपालले पटक पटक दोहोराएपनि नेपालमा चीनको चलखेल गभ्मीर रुपमा अगाडि बढी रहेको छ ।
आजै चिनियाँ राजदूत यु चुन्ताईलाई आफ्नै निवासमा भेटेको केही घण्टामै एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले  चीनका एक प्रतिष्ठित कम्पनीका प्रतिनिधिलाई आफ्नै निवासमा भेटेका छन् ।
चाइना फारइष्ट इन्टरनेशनल ट्रेडिङ कर्पोरेशन नामको सो कम्पनीका प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएका दुई देशका सहमतिहरु कार्यान्वयमा जोड दिएका थिए । कम्पनीका प्रतिनिधिहरुले उर्जा, यातायात, रेल्वे, सूचना र सहर सुरक्षामा मुख्य रुपमा काम गर्ने कुरा अध्यक्ष प्रचण्ड समक्ष राखेका थिए । सु को नेतृत्वमा आएको प्रतिनिधि मण्डलले दुई देशबीच भएको सम्झौतामा नेपाली कम्पनी र आफूहरुबीच सहमति भए आफूहरु तुरुन्तै काम थाल्न सक्ने बताए ।

अध्यक्ष प्रचण्डले उक्त प्रतिनिधि मण्डललाई उर्जा र गृह मन्त्रलयका साथै अन्य मन्त्रालयमा पनि आफूले सुझाव दिने बताए । उनले चीनमा भएका दुई देशबीच भएका सम्झौताको कार्यान्वयका लागि आएको चीन सरकारको तर्फबाट आएको कम्पनीका बारेमा उच्च स्तरीय राजनीतिक समन्वय समितिमा दलहरु बीच छलफल गर्ने पनि आश्वासन दिएका थिए । उनले भने, ‘प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएको दुई देशबीचको सम्झौता राम्रो भएको र मुख्य कुरा कार्यान्वयन हो ।’

चीन सरकारको सिफारिसमा आएको उक्त कम्पनीका प्रतिनिधि मण्डलले सौर्य उर्जा, रेल्वे, सहर सुरक्षा, यातायातको क्षेत्रमा आफूलाई चीनको १ नं. कम्पनी भएको बतायो । प्रतिनिधि मण्डलले सो कम्पनीले जापान र कम्बोडियामा पनि उर्जा सम्बन्धी कार्यहरु गरेको भेटमा जानकारी दिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..