» » राजदूत नियुक्तिमा सर्वोच्चद्धरा कारण देखाउ आदेश


काठमाडौं बैशाख १० गते । सर्वोच्च अदालतले राजदूत नियुक्तिको विषयमा सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । आज प्रधानन्यायाधीय सुशीला कार्कीको एकल इजलासले सो कारण देखाउ आदेश जारी गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले विभिन्न देशका लागि २१ जना राजदूत सिफारिसको गरेकोमा सो संविधान विपरित भएको भन्दै अधिवक्ता रक्षाराम हरिजनले रिट दायर गर्नुभएको थियो ।

रिटमा नेपालको संविधानको प्रस्तावना, धारा ३८ (४), धारा ४० (१), धारा ४२ (१) र धारा २८२ को विपरित उक्त सिफारिस गरिएको उल्लेख छ ।

राजदूत सिफारिस गर्दा नेपालको संविधानअनुसार समावेशी समुहका महिला, मधेसी, जनजाति, दलित, मुस्लिम, थारु लगायतलाई नसमेटिएको समेत दाबी रिटमा गरिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..