» » सजाय पाएर फरार सातजना अभियुक्त पक्राउ


ेसप्तरी, वैशाख १४  गते । लामो समयदेखि सप्तरी जिल्ला अदालतबाट कैद र सजाय पाएर फरार रहेका सात जनालाई जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरेको जनाइएको छ ।

लागुऔषध मुद्दामा फरार पिप्रा पश्चिम गाविस–८ का कैलाश महतो, लुटपाट मुद्दामा फरार, प्रसवानी गाविस–५ का ईन्द्र सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै कुटपिट मुद्दामा फरार भएका कटैया गाविस–९ का बिन्दी लाल खंग खत्वे, सोही ठाउँका नन्दु खंग, कारी खङ्ग, अच्छेलाल खङ्ग शत्रुधन मण्डल रहेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

पक्राउ परेका सबैलाई आज अदालतमा पेस गरी राजविराज कारागारमा पठाइने नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..