» » पर्साका गठबन्धनले आन्दोलनमा लाग्न जनतालाई अपिल


पर्सा ,सोमबार १३ गते । आज संघीय गठबंधन पर्साको बैठक बसि जारी आन्दोलन को भावी कार्यक्रम को बारेमा केन्द्रले गरेको निर्णय अुनसार बैशाख १५ गते बिरगंज को घन्टाघरबाट बशाल र्याली सहित गठबंधनले जिल्ला प्रसासन कार्यालय पर्सा मार्फत नेपाल सरकारलाई ज्ञापन बुझाउने निर्णय गरेको छ ।

बैठकमा समाजवादी फोरमका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गदि, नेपाल सद्भावना पार्टी महासचिव शिव पटेल, सदभावनाका केन्द्रीय निजामोदिन समानी, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष प्रदिप यादव, तमलोपा जिल्ला अध्यक्ष पुरुसोतम लाल झा, तमसपा जिल्ला अध्यक्ष प्रेमचन्द्र कुसवाहा, राष्ट्रिय मधेश समाजवादी पार्टी जिल्ला अध्यक्ष प्रेम बाबु पटेल, फोरम गणतान्त्रिक जिल्ला अध्यक्ष मुस्तकिम अन्सारी ,सदभावनाका जिल्ला सचीव राजेश साह, सदभावनाका नेता द्वय ओमप्रकाश सरार्फ, अनिरुध कलवार लगायतका उपस्थिति रहेको थियो ।

सो बैठकले आन्दोलनमा फेरि पनि साथ र समर्थनका लागि सबैमा मधेशी जनतालाई अपिल पनि गरेको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..