सप्तरी, वैशाख १२ गते । सप्तरीको इनरुवा फूलवारिया–२ मा काठको मिलको फित्तामा च्यापिएर आज एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया दुर्गादेवी साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनको आफ्नै घरमा रहेको काठको मिलमा साडी बेरिएर मृत्युभएको बताइएको छ । मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।
No comments: