» » चिठा ठगीमा नयाँ शक्तिका नेता पक्राउ


काठमाडौँ, वैशाख १२ गते । पाँँच लाख पाउण्डको चिट्ठा प¥यो भनी ठगी गर्ने नयाँ शक्ति पार्टीका केन्द्रीय पार्षद सदस्य अशोककुमार थापालाई प्रहरीले पक्राउ गरेको छ ।

ओखलढुङ्गा दियाले गाविस स्थायी घर भएका ३१ वर्षीय अशोककुमार थापालाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले शुक्रबार राजधानीको सुकेधाराबाट पक्राउ गरेको हो ।

थापाले पेप्सी मोबाइल चिट्ठा बेलायतबाट पाँच लाख पाउण्ड पुरस्कार परेको भनी पोखराकी एक महिलाको मोबाइलमा बेलायतको नम्बरबाट पटक÷पटक एसएमएस र फोन गरी उक्त रकम नेपाल पठाउन र वकिल खर्च बापत केही शुल्क लाग्छ भनी रकम माग गरेका थिए ।

सो रकम नेपालस्थित आफ्नो एजेन्ट सूर्यज्योति इन्भेष्टमेन्ट प्रालिको नेपाल एसबिआई बैंक, बौद्ध शाखाको खातामा रकम जम्मा गर्नु भनेका थिए । ती महिलाले पटक÷पटक गरी रु सात लाख २५ हजार आठ सो खातामा पठाएकामा खातावाल अभियुक्त थापाले सोही बैंकको बौद्ध शाखाबाट चेकमार्फत सो रकम निकालेको अनुसन्धानको क्रममा खुलेको छ ।

पक्राउ परेका थापाविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद लिई मुलुकी ऐन ठगीको महलअन्तर्गत अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ । कसुर प्रमाणित भएमा पीडितलाई बिगो भराई बिगोबमोजिम जरिवाना र पाँच वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..