» » माओवादी नेता विश्वनाथ चढेको गाडी दुर्घटनामा

सिरहा बैशाख ११ गते । क्षेत्र नं. २ का एमाओवादी इन्चार्ज विश्वनाथ साह चढेको गाडी दुर्घटनामा परेको छ । बर्दिवासबाट लालबन्दी जाने क्रममा बाटोमा एउटा रातो टाटा सुमोले ठक्कर दिँदा नेता साह चढेको गाडि दुर्घटनामा परेको हो ।

दूर्त गतीमा आएको गाडीले अगाडिबाट ठक्कर दिँदा नेता साह चढेको गाडी पल्टिएको उहाँको भतिजो सरोज साहले बताउनु भयो । गाडीमा सबार सात जनामध्ये कोही पनि गम्भीर घाइते भएको छैन । सामान्य चोटपटक लागेको छ । ठक्कर दिएर गाडी द्रुत गतीमा भागे थियो ।

गाडीमा साहबाहेक जेबी खडका, बोधमाया यादव, दिलिप साह, फुलगेन नायक, ड्राइभर र नीजि सचिव गरी ७ जना थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..