» » कलाकारद्धारा अग्नीपीडितलाई राहत

सिरहा, चैत २१ गते । संयुक्त अरब इमिरेट्समा रहेको ‘मधेसी समाज’ संस्थाले हिजो सिरहाको विसनपुरकट्टीका अग्निपीडितलाई राहत वितरण गरेको छ ।

मधेसी समाजले अग्निपीडितको गाउँ नै पुगेर २६ जना अग्निपीडितलाई राहत वितरण गरेको हो । सिरहाको विसनपुरकट्टीमा गत फागुन ९ गते भीषण आगलागी हुँदा ४६ घर जलेर नष्ट भएको थियो ।

संयुक्त अरब इमिरेट्सको मधेसी समाजका संयोजक डा रवीन्द्रकुमार यादवसहित मैथिली र भोजपुरी सिने क्षेत्रका नायिका डोली सरकार तथा गायक देवेन्द्र साह सोनीलगायतले अग्निपीडितलाई रु २६ हजार आर्थिक सहयोग प्रदान गर्नुभयो ।

मधेसी समाजले अग्निपीडित, मधेस आन्दोलनका घाइते तथा सहिदलाई सहयोग पु¥याउने उद्देश्यका साथ केही दिनअघि संयुक्त अरब इमिरेट्सको अल इन भन्ने सहरमा च्यारिटी शो आयोजना गरेको थियो । उक्त च्यारिटी शोबाट सङ्कलन भएको रकमबाटै अग्निपीडित परिवारलाई सहयोग गरेको संयोजक डा यादवले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..