» » गोप्य भनिएको र्याडिसन होटलको बैठकमा के भयो त्यस्तो ?


काठमाडौ बैशाख ९ गते । गोप्य भनिएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मलित संघीय गठबन्धन र विभिन्न देशका राजदूतहरुसँगको भेटघाट केहीबेर अघि सकिएको छ ।

आज विभिन्न २० देशका राजदूतसँग भेटेर गठबन्धनले आफ्नो आन्दोलनको बारेमा ब्रिफ गरेका छन् । गठबन्धनले भोली दुई बजे आफ्नो आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दैछन् ।

लाजिम्पाटस्थित र्याडिसन होटलमा भएको भेटघाटमा गठबन्धनका नेताहरुले विगतमा भएको मधेश आन्दोलनमा राज्यबाट भएको दमनदेखि भूकम्प पीडितलाई राहत नदिएको गुनासो राजदूत समक्ष गरेका थिए । मधेशी मोर्चाले छ महिनासम्म मधेशमा आन्दोलन गर्दा मधेशी भएकै कारणले दमन गरेर ६० जना भन्दा बढीको ज्यान लिएको भन्दै नेताहरुले आन्दोलनमा जानका लागि सरकारले नै बाध्य पारेको पनि ब्रिफको क्रममा भने ।

अब मधेशमा मात्र होइन राष्ट्रिय रुपमा आन्दोलन हुँदैछ त्यसमा उनीहरुसँग नैतिक समर्थन पनि मागेको छ । बैठकमा मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव बाहेक छ जना मधेशी मोर्चाका नेता तथा अन्य आदिवासी जनजाति पार्टीका नेताहरुको उपस्थिति थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..