» » भारत र इयुको व्यक्तव्यमा वादप्रतिवाद


काठमाडौ चैत २० गते । तराई मधेस सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्रराय यादवले सरकारले आन्तरिक मामिला हल नगरेर भारतसहितका मुलुकमा गएर त्यसलाई सच्याउँछौ भन्ने तर त्यसलाई नसच्याउनाले समस्या यस्तो समस्या आएको बताउनु भएको छ ।

भारत र इयुले संयुक्त रुपमा जारी गरेको ब्रसेल्स वक्तव्य उचित भएको बताउँदै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वलाई छकाउने प्रयास गरेको आरोप लगाउनु भयो । नेपाली जनतालाई भ्रममा राख्ने, विभिन्न आश्वासन दिने तर त्यसलाई पूरा नगर्ने कारणले यस्तो समस्या आएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओली भारतलाई मात्र होइन, हरेक देशलाई आफ्नो देशको समस्या समाधान गर्छु भनि भन्नु भएको छ तर केही समाधान नगरि सबै समाधान भयो भनेर विश्वलाई गुमराहमा राख्ने काम भएका कारणले यस्तो व्यक्तव्य आएको उहाँले टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ब्रसेल्स विज्ञप्ति विरुद्ध मन्त्री परिषद्को निर्णय उचित होईन । सरकारको निर्णय गलत छ, त्यसलाई सच्याउनु पर्छ । ब्रसेल्स विज्ञप्तिमा मात्रै होईन यहाँको कुरा अरु ठाँउमा पनि उठेका छन् । नश्लवाद विरुद्धको आन्दोलनलाई सबैले समर्थन गर्नु पर्छ ।’

यादवले ब्रसेल्स बक्तब्य नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नभएको भन्दै यहाँ विभेद भएको बेला कुनै पनि मुलुकले त्यसको विरुद्ध बोल्न सक्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जनतामाथि दमन हुँदा सबै बोल्नु पर्छ । सबैले नेपालमा शान्ति र स्थायीत्व चाहेका छन् । सरकारले नै आन्तरिक विषयलाई बाहिर पुर्याएको हो ।’

यादवले चैत्रभित्र आफूहरुको माग संबोधन नगरे फेरि आन्दोलनमा जाने चेतावनी दिदै नाकाबन्दी आन्दोलन हुने नहुने भन्ने विषय सरकारको ब्यवहारमै निर्भर रहने तर्क गर्नुभयो ।

डेनमार्ककालागि पूर्व नेपाली राजदुत विजयकान्त कर्णले ब्रसेल्स वक्तब्य नेपाली जनताको हितमा भएको दावी गर्दै ईयूको नेपाल सम्बन्धी वक्तब्य पहिलो पटक नभएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सन् १९९६ मा पनि भुटानी शरणार्थीको विषयमा, २००५ मा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको विरोधमा पनि ईयूले वक्तब्य निकालेको थियो । ईयूसँग नेपालले मानवअधिकार र प्रजातन्त्रको विषयमा विभिन्न समयमा सम्झौता गरेकोले अहिले नेपालमा जारी भएको जनविरोधी संविधान सच्याउन भनेको हो ।’

कर्णले संविधानलाई लागु गर्न त्यसमा रहेको जनविरोधी कुराहरुलाई हटाउनु पर्ने सुझाव दिदै मुलुक आर्थिक रुपमा समृद्ध भएपछि मात्रै सार्वभौमिकताको रक्षा हुने तर्क गर्नुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली मानसिक रुपमा असन्तुलित भएकोले जे मन लाग्यो त्यही बोल्ने गरेको आरोप लगाउँदै राज्यलाई नेताहरुले नै बन्धक बनाएको दावी गनुभयो ।

यसैबीच सोही कार्यक्रममा उपप्रधान तथा महिला बालवालिका एवम समाजकल्याणमन्त्री सीपी मैनालले भारत र यूरोपियन यूनियनले निकालेको संयूक्त वक्तव्यको विषयमा सरकारले सम्बन्धित मुलुकका राजदुतहरुसँग स्पष्टिकरण लिने चेतावनी दिनुभयो भने कुटनीतिज्ञ डा. दिनेश भट्टराई विदेश नीतिमा रिएक्टिभ भएर चल्न नसक्ने भएकोले प्रो एक्टिभ हुनु पर्ने भन्दै सरकारले अन्तर्राष्ट्रिय समूदायको विश्वास गुमाउँदै गएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यूरोपियन यूनियनकी नेपाल प्रतिनिधिले ब्रसेल्समा नेपाल पनि एजेण्डामा रहेको बताईसकेपछि सरकारले त्यस विषयमा पहिला नै पहल गर्नु पर्दथ्यो गरेनौ त्यसैको प्रतिफल हो ।’
भट्टराईले ब्रसेल्स बक्तब्य उचित नभएको भन्दै प्रजातन्त्रलाई सेलेक्टिभ रुपमा हेर्न नमिल्ने बतानउनुभयो ।



About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..