» » कनकमणी पक्राउका कारणहरु


काठमाडौ बैशाख १० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरी टोलीले हिमाल सप्ताहिक तथा नेपाली टाइम्सका पत्रकार कनकमणी दिक्षितलाई पक्राउ गरेको छ ।

गैरकानुनी सम्पति आर्जन गरेको र भ्रष्टाचार कसुर अभियोगको अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै उहाँलाई अकस्मात प्रहरीले नियन्त्रणमा लिएको हो । उहाँलाई अहिले अख्तियारको हिरासतमा राखिएको छ । उहाँलाई पाटन ढोकाबाट पक्राउ गरिएको हो ।

अख्तियारले केही अघिदेखि नै उहाँको सम्पत्ति छानविन शुरु गरेको थियो ।

कनकमणीमाथि अख्तियारले लगाएका आरोपहरु यस्ता छन् 
१ अख्तियारले साझा यातायातको अध्यक्षका हैसियतले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको, संस्थाको आर्थिक हिनामिना गरी स्वदेशी तथा विदेशी बिभिन्न बैंकमा आफू र आफ्नो परिवारको नाममा रकम जम्मा गरेको आरोप लगाएको छ ।
‘संस्थाको सम्पत्तिलाई पैतृक सम्पत्ति सरह बेचबिखन गरेको र त्यसरी बेचबिखनबाट प्राप्त रकम निजी सम्पत्ति सरह अन्यत्र संस्थामा लगानी गरेको र निजका परिवारका नाममा समेत राखेको, संयुक्त राज्य अमेरिकामा समेत आफ्नो नाममा घरजग्गा खरिद गरेको, आरोपपत्रमा भनिएको छ ।

२. अख्तियारले स्व. मदन शम्सेर राणा र उहाँकी श्रीमती जगदम्बा राणाका नाममा रहेका चल अचल सम्पत्ति गैरकानूनी रुपमा आफ्नो नाममा नामसारी गरेको आरोप लगाएको छ ।

३. अनुसन्धानका क्रममा दिक्षितले सम्पत्ति विवरणमा उल्लेख गरेको आफ्नो एवं परिवारका नाममा रहेको चल, अचल सम्पत्ति, बैंक खाता लगायतका विवरणहरु सम्पत्ति विवरणसँग मेल नखाएको अख्तियारले जनाएको छ ।

४. सम्पति विवरणबारे थप बुझ्न बोलाउँदा दीक्षितले आफू आयोगमा उपस्थित नहुने निवेदन समेत दर्ता गराउँदै कानूनको प्रतिकूल आचरण गरेको, अनुसन्धान कार्यमा बाधा व्यवधान पुर्याएकाले अख्तियारले पक्राउ गरेको उल्लेख गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..