» » कपिलवस्तु आगलागी घटनाप्रति देउवाद्वारा दुःख व्यक्त


काठमाडौँ, वैशाख ९ गते । कपिलवस्तुको कजरहवा गाविसमा परी दुई बालबालिकाको ज्यान गएकोप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले आज एक प्रेस विज्ञप्ति जारी गरी सो घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

जिल्ला सदरमुकाम तौलिहवाको पश्चिम दक्षिण पर्ने कजरहवा गाविस–९ सिंग्रहा गाउँमा बुधबार आगलागी हुँदा राजेन्द्र नाउको छ वर्षीय छोरा सन्दीप नाउको आगोले जलेर मृत्यु भएको थियो । सोही गाउँका गुड्डु पासवनको दुईमहिने छोरी लक्ष्मी पासवनको आगलागीको तातो रापले मृत्यु भएको थियो ।

आगलागीमा परी दिवङ्गत भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सभापति देउवाले शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । उहाँले विस्थापित भएकालाई यथाशीघ्र बसोबास, खाद्यान्न, लत्ताकपडाको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

विज्ञप्तिमा उहाँले यस दुःखद घडीमा पार्टीका तर्फबाट सहयोग गर्न कार्यकर्तालाई आग्रहसमेत गर्नुभएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..