» » उपेन्द्र यादवले भन्नुभयो, ‘गच्छदार थारुको नेता होइन भौतिक योजना मन्त्रालयको नेता हुनुहुन्छ’


काठमाडौ बैशाख १० गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार थारुको नेता होइन, भौतिक योजना निर्माण मन्त्रालयको नेता रहेको टिप्पणी गर्नुभयो ।

संघीय गठबन्धनको तर्फबाट आन्दोलनको कार्यक्रम घोषणा गर्न आयोजित कार्यक्रममा थारुको नेता आफू रहेको विजयकुमार गच्छदार भन्दै आउनु भएको छ अनि तपाईहरु पनि थरुहट आन्दोलनको कुरा गर्नुहुन्छ यो कसरी सम्भव हुन्छ भने पत्रकारको जिज्ञासामा अध्यक्ष यादवले जवाफ दिँदै भन्नुभयो, विजयकुमार गच्छदार थारुको नेता हुनै सक्दैन, उहाँ त भौतिक मन्त्रालयको नेता हुनुहुन्छ । हामी आन्दोलनमा हुँदा उहाँ सरकारमा बसेर मधेशी तथा थारुलाई हत्या गराएको होइन ? अनि कसरी हुन्छ उहाँ थारुको नेता ? सबै थारुका नेताहरु हाम्रो गठबन्धनमा समावेश हुनुभएको छ । तपाई यही पनि हेर्न सक्नुहुन्छ ।’

त्यस्तै उहाँले नयाँ संविधान मधेसी तथा आदीबासी जनजातीहरुको हित विपरित भएको भन्दै पुर्नलेखन गर्नुपर्ने बताउनु भएको छ । संशोधन गरेर वा टालटुल गरेर सविधान बन्दैन अब पूर्नलेखन नै गर्नुपर्ने कुरामा जोड दिँदै उहाँले संविधान संशोधनले मात्रै आफूहरुको माग पूरा हुन नसक्ने भन्दै अब संविधान पुर्नलेखन नै गर्नुपर्ने माग गर्नुभयो । गठबन्धनले २६ बुँदे अवधारणाको मागसहित विगतमा सरकारसँग भएका सहमति, सम्झौताहरु कार्यान्वयन बताउनु भयो ।

यस्तै उहाँले २७ दल सम्मिलित गठबन्धन सामुहिक नेतृत्वको आधारमा अघि बढ्ने समेत जानकारी दिनुभयो । गठबन्धनको प्रवक्तामा पर्शुराम तमाङ्गलाई तोकिएको छ । सो अवसरमा गठबन्धनले बैशाख १५ बाट अर्को चरणको आन्दोलन गर्ने घोषणा समेत गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..