» » मोहना अन्सारीको बारे यस्तो भन्नुभयो राजेन्द्र महतोले


कपिलवस्तु चैत्र, २६ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री ओली नस्लवादी सोंचका कारण राष्ट्रिय मानवअधिकार पदाधिकारिहरुलाई हप्काएको आरोप लगाउनु भएको छ ।

आज तौलिहवामा आयोजित जनजागरण तथा पार्टी प्रवेश कार्यक्रममा महतोले संवैधानिक र स्वतन्त्र निकाय मानव अधिकार आयोगका पदाधिकारिहरुलाई प्रधानमन्त्रीले आफ्नो पार्टी कार्यकर्तासँग गर्दै आएको सरह गरेको ब्यवहार निन्दनीय रहेको बताउनु भयो ।  साथै यो घट्ना आयोगको स्वतन्त्रतामाथि हस्तक्षेप, लोकतन्त्र र मानव अधिकार मुल्यमान्यता एवं भावना विपरित रहेको उहाँले आरोप लगाउनु भयो । 

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले मार्च १६ राष्ट्रसंघीय मानव अधिकार परिषदको ३१ औं सत्रको विश्वव्यापी आवधिक समीक्षा बैठकमा प्रतिवेदन पेश गर्दै मधेश आन्दोलनमा ५५ जना मारिएको, आन्दोलनमा राज्यपक्षबाट अत्यधिक बल प्रयोग गरेको तथा मधेशमा आन्दोलनको क्रममा मारिएकाहरूको घटनाको विस्तृत छानबिन हुनुपर्ने व्योहोरा उल्लेख गर्नुलाई नै निहु बनाएर प्रधानमन्त्रीले केही दिन अगाडी राष्ट्रिय मानवअधिकार पदाधिकारिहरुलाई हप्काएको कुरा सार्वजनिक भएको थियो।

महतोले मोहना अंसारी  महिला, मुस्लीम र मधेशी भएकैले नस्लवादी प्रधानमन्त्री ओलीले हप्काएको आरोप लगाउँदै अंसारीले स्वतन्त्र र संबैधानिक निकायको सदस्यको हैसियतले बिश्वलाई मधेश र मधेशीहरूसँग भईरहेको भेदभाव र दमनको जानकारी गरीएकोमा धन्यवाद पनि दिनुभयो ।

महतोले प्रधानमन्त्री जस्तो पदमा बसी आयोगको संवैधानिक तथा स्वतन्त्र हैसियतको हेक्का राख्नुपर्छ की आयोगसँग प्रधानमन्त्रीले स्पष्टीकरण लिन वा निर्देशन दिन पाउँदैनन्ु, भन्नुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..