» » दिघवाका अग्नी पीडित थप पिडामा


राजविराज, वैशाख १५ गते । सप्तरी दिघवामा १० परिवार आगलागीबाट घर गुमाएपछि अहिले खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।

गत सोमबार भीषण आगलागीबाट खाद्यान्न, लताकपडा र भाँडावर्तन जलेर नष्ट हुँदा यहाँका अग्निपीडितको बिचल्ली भएको हो ।

चर्को गर्मीबाट बच्न अहिले उनीहरुसँग त्रिपालसमेत नरहेको अग्निपीडित दिघवा–४ का रामचलितर शर्माले बताउनुभएको छ ।

अग्निपीडितलाई अहिलेसम्म कुनै सङ्घसंस्थाले राहत वितरण नगरेकाले खान पनि समस्या भएको पीडितले गुनासो गरेका छन् ।

आगलागीमा १० परिवारका १६ वटा घर जलेर करिब रु ५० लाख मूल्य बराबर धनमाल क्षति भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..