» » ‘मोर्चाले आन्दोलन घोषणा गरेपछि मात्रै सरकारले वार्ताको नाटक रच्छ’

काठमाडौं, चैत्र २९ गते  । संघीय समाजवादी फोरम नेपालका सभासद एवम् केन्द्रीय सदस्य डा। विरेन्द्र महतोले वर्तमान सरकारको ६ महिने कार्यकाल प्रचारवाजी मै सिमित भएको आरोप लगाउनु भएको छ ।

सभासद महतोले ओली नेतृत्वको सरकारले जनतालाई राहत दिने कुनै काम नै गर्न नसकेको बरु सस्तो प्रचारबाजी मै ६ महिना खेर फालेको बताउनु भएको हो । उहाँले भन्नुभयो,“यो बीचमा बरु प्रधानमन्त्री तथा मन्त्रीहरु विदेश घुम्न मै समिति हुनुभयो, जनता अभावमा जीवनयापन गर्न बाध्य हुनुहुन्छ ।”

सभासद डा। महतोले मोर्चाले सहमतिबाटै मुलुकलाई निकास दिनको लागि एक महिनासम्म आन्दोलनका कार्यक्रमहरु स्थगित् गरेर वार्ता तथा सहमतिको लागि अथक प्रयास गर्दापनि सरकार पक्षले कुनै गम्भिर चासो नदेखाएको गुनासो पोखे । उनले भने,“मोर्चाले सहमतिको लागि दिएको समय सरकारले त्यतिकै खेर फालेको र आन्दोलन घोषणा गरिसकेपछि मात्रै सरकारले वार्ताको नाटक रचिरहेको छ, यसले मुलुकलाई निकास दिँदैन।”
मधेश आन्दोलनले मुलुकको अर्थतन्त्रमा ठूलो असर परेको उल्लेख गर्दै सभासद महतोले अन्र्तराष्ट्रिय लगानी भित्र्याउन पनि चाँडो भन्दा चाँडो वार्ता तथा सहमतिबाटै निकास दिनुपर्ने सुझाव दिनुभयो ।

नयाँ संविधानमा आफ्ना हकअधिकार सुनिश्चित् नगरेकोले बाध्य भएर मधेशी समूदायले आन्दोलन गर्नुपरेको बताउँदै महतोले सरकारमा बसेकाहरुले आन्दोलनरत समूदायलाई होच्याउने काम गर्न नहुने जिकिर गर्नुभयो ।
उहाँले भने,“मेधशीलगायत विभिन्न पिछडीएका समूदायलाई मुलुक टुक्र्याउन लागि परेको भनेर सरकारले झुठो आरोप लगाउने काम गरेको छ, यो कुनैपनि हालतमा न्यायसँगत छैन, भोलि यही आवाज विस्फोटनमा रुपान्तरण हुन्छ ।”

मधेशी जनताले आफ्नो अधिकार सुनिश्चितको लागि गरेको आन्दोलनलाई भारतबाट सञ्चालित भनेर सरकारले सस्तो टिप्पणी गरेर आन्दोलन तुहाउँने प्रपञ्च रचेको समेत उनले गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “सरकारले जबरजस्ती मधेशी जनतालाई राष्ट्रघातीको बिल्ला भिराउने काम गरिरहेको छ, यो देशको लागि समेत राम्रो हुँदैन ।”

दुवै पक्षले मेरो गोरुको बाहै« टक्का भनेर मुलुकलाई अनिर्णयको बन्दी बनाएर राख्न नहुने भन्दै उनले अविलम्ब वार्ताको माध्यमबाट निकास खोज्न समेत सरकारलाई आग्रह गर्नभएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..