» » नेपालमाथि आर्थिक नाकाबन्दी लाग्न सक्ने राजेन्द्र महतोको चेतावनी


विराटनगर चैत १९ गते । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपाल सरकारको रबैया यस्तै रहे विश्व शक्तिशाली राष्ट्रहरूले नेपालमाथि आर्थिक नाकाबन्दी लगाउन सक्ने ख़तरा बढीरहेको बताएका छन्।

आज बिराटनगरमा संचारकर्मीहरूसँग कुरा गर्दै
उनले नयाँ सविधान मधेशी, आदिवासी जनजाती, दलित, मुस्लिम लगायतको असन्तुष्टी जनाईरहँदा विश्वका शक्तिशाली राष्ट्रहरूले समेत असन्तुष्टी जनाएको बताएका छन्। नेपालको सविधान अधुरो र बिभेदकारी रहेको ठहर भारत, अमेरीका, बेलायत, संयुक्त राष्ट्र संघ लगायतले पहिले नै गरिसकेको भन्दै महतोले  भर्खरै २४ राष्ट्रको संगठन युरोपियन युनियनले समेत नेपालको सम्बिधान अधुरो र बिभेदकारी रहेको र छिटै आन्दोलनरत पक्षसँद वार्ता र सम्बादबाट समाधान गर्न अपिल गरेको कुरा बताए।

नेपाल सरकारले सहयोगी मुलुकहरूद्वारा दिएको सल्लाहको बिरोधमा वक्तव्य निकालेर समस्याको समाधान नहुने बताए। बरू नेपाल सरकारको यस्तै रवैया रहे नेपाल बिश्वमा एक्लिंदै जाने र बिश्वका शक्तिशाली राष्ट्रहरूले नेपाल माथि आर्थिक नाकाबन्दी समेत लगाउन सक्ने ख़तरा समेत बढ्दै गईरहेको चेतावनि दिएका छन्। नेपाल माथि आर्थिक नाकाबन्दी लागे नेपाली जनताले धेरै कष्टको सामना गर्नु पर्ने र त्यास्तो परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकाको हुने बताएका छन्।

नेपाल माथि आर्थिक नाकाबन्दीबाट बच्न नेपाल सरकारले सहयोगी राष्ट्र बिरूद्ध गैर ज़िम्मेवारपूर्ण वक्तव्यबाट बँच्नुको साथै समस्या समाधानको ईमानदारी पूर्वक प्रयास गर्नुपर्छ। आन्दोलनरत पक्षहरूले अहिले कुनै पनि आन्दोलन घोषणा नगरेको सहज अवस्थाको  फाईदा उठाउँदै सरकारले वार्ता र सहमतीबाट निकास खोज्नु पर्नेमा महतोले जोड़ दिए।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..