» » सप्तरीमा ८३ प्रतिशत बालविवाह



काठमाडौ चैत २ गते । सप्तरीमा ८३ प्रतिशत बाल विवाह हुने गरेको खुलासा भएको छ । ‘बाल विवाह तथा दाईजो उन्मुलन राष्ट्रिय अभियान नेपाल’ द्वारा सप्तरमिा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो खुलासा भएको हो ।
पत्रकार सम्मेलनमा बालविवाह दाईजो उन्मुलन राष्ट्रिय अभियानका संयोजक राजकुमार महतोले सन २०१५ मा गरिएको अनुसन्धानबाट सप्तरीमा १८ वर्ष भन्दा कम उमेरमा विवाह गर्नेहरुको सँख्या ८३ प्रतिशत रहेको जानकारी दिएका छन् ।
उनले सप्तरीमा १५ वर्षभन्दा मुनीको उमेरमा विवाह गर्नेहरुको संख्या २८ प्रतिशत रहेको तथ्यांक समेत प्रस्तुत गरे ।

बढ्दो दाईजो प्रथाका कारणले बालविवाहको सँख्या पनि बढने गरेको भन्दै संयोजक महतोले यो समस्या तराई मधेशमा मात्रै नभई हिमाल पहाड र राजधानीसम्म विस्तार भएको बताए । राजनितिक दल र सरकारले पनि वालविवाहलाई गम्भिर समस्याका रुपमा लिन नसक्दा यो विकृतीको रुपमा अगाडि बढदै गएको उनले बताए ।
अभियानका सदभावना दुत डा। सि।के। सिंहले बाल विवाह गर्नेमा अन्तराष्ट्रियस्तरमा नेपाल १०औं स्थानमा रहेको भन्दै दक्षिण एसियामा वंगलादेश र भारतपछि नेपाल तेश्रो स्थानमा रहेको बताए । उनले सप्तरी लगायत तराई मधेशमा वालविवाह न्यूनिकरणका लागि भारतको विहार, यूपी र झारखण्डमा पनि यो विकृति एकैसाथ नियन्त्रण हुनपर्ने तर्क गरे ।
वालविवाहको मुख्य कारक दाईजो रहेपनि दाईजो विरुद्धको मुद्दा न्यून संख्यामा मात्र दर्ता हुने गरेको कारण भुसको आगो झै यो विकृति भित्रभित्रै फैलिने गरेको वताउँदै सिंहले गृह मन्त्रालयका अनुसार वितेको १ वर्षभित्र देशभरीमै जम्मा १८ वटा मुद्दा मात्र दाईजो विरुद्ध दर्ता भएको तथ्यांक प्रस्तुत गरे ।
काठमाण्डौं उपत्यकामै ती मध्ये १२ वटा मुद्दा दर्ता भएको र उपत्यका बाहेक देश भरी ६ वटा मात्र मुद्दा दर्ता हुनुले दाईजोको विरोध भन्दा पनि समाजले सहज रुपमा स्विकार्दै विकृतिलाई मलजल गरिरहेको उनको भनाई थियो ।
वालविवाह र दाईजो उन्मुलन अभियानकी सदस्य रुपा झाले सबै पक्ष लागेर काम नगरेसम्म यस्ता विकृतिको अन्त्य सम्भव नरहेको वताईन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..