» » शिक्षा अधिकारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

काठमाडौँ, फागुन २० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै पक्राउ परेका जिल्ला शिक्षा कार्यालय बाराका जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार बाराका एक प्राथमिक विद्यालयमा कार्यरत शिक्षिकाको २०७० सालको अन्तिम चौमासिक तलब र एक वर्षको बढी तलब निकासा गर्नका लागि निवेदनसँग १० हजार रुपियाँ घुस माग्दामाग्दै थलोबाटै पक्राउ परेका थिए ।

आयोगले जिल्ला शिक्षा अधिकारी भण्डारीविरुद्ध हदैसम्मको कारबाहीको माग गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..