» » सिता देवीले भन्नुभयो, ‘मधेशको समस्या काँग्रेस पार्टीले मात्र समाधान गर्न सक्दैन’

काठमाडौ, २६ फागुन । नेपाली काग्रेसकी नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी यादवले मधेसको समस्या समाधान गरेर संविधान कार्यान्वयनमा आफूले पार्टीमा भूमिका खेल्ने बताउनु भएको छ । सरकार परिवर्तन गर्दैमा अहिलेको समस्या समधान नहुने बताएकी छिन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्नु हुँदै उहाँले मधेसको समस्या काँग्रेस एक्लैले समाधान गर्न नसक्ने भएकोले सबै दलहरुलाई साथमा लिएर समाधान गर्नु पर्ने बताउनुभयो । 

उनले भनिन, ‘मधेसमा सीमांकनको समस्या छ । सुशीलदाले नहड्बडाउनुस समस्या समाधान हुन्छ । मधेस, पहाड र हिमाल मिलाएर समस्या समाधान गर्नु पर्छ भन्नु हुन्थ्यो । सबैसँग मिलेर सीमांकन मिलाउनु पर्छ ।’
कोषाध्यक्ष यादवले मधेस काँग्रेसको मुटु भएकोले काँग्रेस मधेसबीना बाँच्न नसक्ने भएकाले मधेस समस्या समाधानकालागि पहल हुने विश्वास व्यक्त गर्दै आफ्नो तर्फबाट सक्दो प्रयास हुने प्रतिबद्धता व्यक्त गरिन् । 

उनले भनिन, ‘म सरकार परिवर्तनको खेल बुझ्दिन । सरकार फेरेर मात्रै समस्याको समाधान हुँदैन ।’ यद्यपि उनले सरकार परिवर्तनसहित मुलुकको समस्या समाधानको विषयमा आगामि केन्द्रीय कार्यसमितिको बैठकमा छलफल भएर उपयुक्त निर्णय लिने जानकारी दिईन् ।

पार्टीको तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने प्रश्नमा उनले आफूलाई यस विषयमा कुनै जानकारी नभएकोले भन्न नसक्ने स्पष्ट पारिन् । कोषाध्यक्ष यादवले आफूले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दै सभापति शेरबहादुर देउवालाई सहयोग गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताईन् । 

उनले आफूले कोषाध्यक्षको रुपमा पार्टीको आर्थिक कारोवारलाई पारदर्शि बनाउने भन्दै आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने गरी आय व्ययको लेखा राखिने बताईन् । 
कोषाध्यक्ष यादवले आफूलाई निर्वाचित गर्ने महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिदा आफूलाई विजयी बनाएर मधेसी, महिला र शहीदप्रति सम्मान व्यक्त भएको धारणा राखिन् । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..