» » सचिव जयशंकरले भन्नुभयो, तपाईहरु आन्दोलन गर्नुस् हाम्रो साथ छ

काठमाडौ चैत २ गते । भारतीय विदेश सचिव जयशंकरले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुलाई छरिएर रहेका मधेशवादी दललाई एक हुन सुझाव दिनुभएको छ ।




एक नभइकन हुने आन्दोलन सफल नहुने भन्दै उहाँले संघर्षका लागि भएपनि एक हुन आग्रह गर्नुभएको छ । उहाँले यति मधेशको अधिकार दिने पक्षमा नेपाल सरकार देखिएको छैन त्यसका लागि ठूलो संघर्ष गर्नुपर्छ र त्यो संघर्षका लागि एक हुनु नै पर्ने सुझाव दिनुभयो ।

पोखरामा हुने मन्त्री स्तरीय सार्कको बैठकमा सहभागि हुन नेपाल आउनु भएका जयशंकरले आज मधेशवादी दलका नेतालाई विहान भेट्नका लागि द्वारिका होटलमा मधेशी मोर्चाका नेताहरुलाई बोलाउनु भएको थियो । भेटघाटमा उहाँले आफूहरुले मधेशीको माग पूरा गराउन धेरै प्रयास गरेको तर नेपाल सरकार गम्भीर नभएकाले मोर्चासँग संघर्षको विकल्प नरहेको कुरा राख्नु भएको थियो ।

उहाँले संघर्षका लागि सबै मधेशवादी दल एक हुनुपर्ने कुरामा पनि जोड दिनुभएको थियो । एक्ला एक्लै संघर्ष गरेर यो सरकारले सुन्नेबाला छैन, त्यसैले शान्तिपूर्ण आन्दोलन गर्न सुझाव दिएको बैठकमा सहभागि एक नेताले बताउनु भयो । आफूहरु शुरुदेखि नै मधेशीको माग पूरा होस् भन्ने पक्षमा रहेको र आउने दिनमा सहयोग रहने कुरा उहाँले राख्नु भएको थियो ।

यस विषयमा भेटघाटमा सहभागि राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता केशव झासँग जिज्ञासा राख्दा उहाँले मधेशी जनताको अधिकार कसरी प्राप्त हुन्छ त्यसमा लाग्न सुझाव दिएको प्रतिकृया दिनुभयो । ६ महिनादेखि आन्दोलन गर्नुभयो तैपनि तपाईहरुको माग पूरा भएन अब कस्तो खालको आन्दोलन गर्नुहुन्छ भनि उहाँले जिज्ञासा राख्नु भएको थियो, जवाफमा हामीले पहिला मधेशमा मात्र आन्दोलन भएको थियो अब देशैभरि आन्दोलन हुन्छ भनि जवाफ दिएका थियौं, प्रवक्ता झाले भन्नुभयो ।

जयशंकरलाई भेट्न द्वारिका होटलमा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष राजकिशोर यादव, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, रामसपाका प्रवक्ता केशव झा संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राय, तमलोपा उपाध्यक्ष सर्वेन्द्र नाथ शुक्ला पुग्नु भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..