» » योगेन्द्ररायले भन्नुभयो,–मधेश मोर्चाको आन्दोलन माओवादीको युद्धविराम जस्तौ हो

काठमाडौ फागनु २२ गते । सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले आन्दोलन कहाँबाट कसरी कमजोर भयो खोज्नु भन्दा पनि अबको आन्दोलन कसरी व्यवस्थित बनाउने तिर ध्यान गएको बताउनुभयो ।

मधेशी मोर्चाकै आन्दोलन कमजोर भएको गुनासो भइरहेको बेला नेता यादवले मधेशी मोर्चाकै कारण आन्दोलन कमजोर भएको कुराको इन्कार गर्नुहुन्छ । उहाँले यत्रो लामो आन्दोलन भएपछि गल्ती कमिकमजोरी मोर्चाको तर्फबाट नभएको होला भन्न सकिदैन तर मोर्चाकै कारण आन्दोलन कमजोर भएको कुरा गलत भएका दावी गर्नुभयो ।

सहारा टाइम्सँग समसायीक राजनीतिक घटनाक्रमबारे कुरा गर्दै उहाँले आन्दोलन लामो समय भएको थियो, र अर्को चिसो त्यसमा पनि किसानलाई बढी मर्का परेको कारण आन्दोलन खुकुलो पारिएको मात्र हो आन्दोलन नरोकिएको दावी गर्नुभयो ।

आन्दोलन खुकुलो पारिएको अवसरलाई सरकारले पनि क्यास गर्नुपर्छ र मधेशी मोर्चाले पनि क्यास गर्नुपर्छ, उहाँले भन्नुभयो, मधेशी मोर्चाले पनि आन्दोलनका लागि शक्ति सञ्चय गरिरहेका छन् । जसरी माओवादीले जनयुद्धकालमा युद्ध विराम गरेर शक्ति सञ्चय गरि राज्यलाई ठूलो धक्का दिन्थ्यो त्यसरी नै मधेशी मोर्चा तयारीमा जुटेका छन् ।’

मधेशी मोर्चा चुपचाप छन् केही बोलिरहेका छैन केही गरिरहेका छैन भने त्यसलाई राज्यले कमजोरीको रुपमा लिए त्यसले राज्य ठूलो नोक्सानी ब्यहोर्नुपर्ने चेतावनी पनि उहाँले दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..