» » काँग्रेसको सभापतिका लागि दोस्रो चरणको चुनाव २ वजेदेखि


काठमाडौँ, फागुन २४ गते । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा सभापति पदका लागि दोस्रो चरणको निर्वाचन आज दिउँसो हुने भएको छ ।
दिउँसो २ देखि ५ बजेसम्म राष्ट्रिय सभागृहमा मतदान हुने काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले राससलाई जानकारी दिनुभयो ।
आइतबार भएको मतदानमा सभापतिका तीनवटै उम्मेदवारले बहुमत प्राप्त नगरेपछि पुनः मतदान हुन लागेको हो ।
सभापतिको दोस्रो निर्वाचनमा कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुनेभएको छ ।

अघिल्लो निर्वाचनमा महामन्त्री कृष्णप्रसाद सिटौलाले सबैभन्दा थोरै मत प्राप्त गरेपछि निर्वाचन प्रक्रियाबाट बाहिरिनुभएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..