» » मोर्चाको बैठक बस्दै, नयाँ रणनीति बनाउने


काठमाडौं, चैत १८ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आज बस्ने भएको छ । मोर्चाको भावी कार्यदिशा र रणनीति बनाउन साथै आफ्ना माग पूरा गर्न चैत मसान्तसम्मको अल्टिमेटम दिए पनि वास्ता नगरेको भन्दै बैठक बस्न लागेको हो ।
सरकारले विगत लामो समय देखी जनता अक्रान्त भए पनि र निरन्तर आन्दोलन जारी रहेपनि नटेरेको कारण आफ्ना भएका कमिकमजोरी तथा भावी रणनीति तय गर्न मोर्चाको बैठक बोलाइएको स्रोतले जनाएका छन् ।
आज बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, सचिवालयले तयार पारेको आन्दोलनको एजेण्डा र प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा छलफल केन्द्रित हुने जनाएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..