» » चित्रलेखा यादवलाई ९ भोटले हराउँदै सितादेवी विजय


काठमाडौं पुस २५ गते । चित्रलेखा यादवलाई ९ भोटले हराउँदै सितादेबी यादव कांग्रेसको कोषाध्यक्ष पदमा विजयी भएकी हुनुभएको छ ।
सितादेबीले १२१७  मत ल्याउँदा चित्रलेखा १२०९  मतमा सीमित हुनु भएको थियो ।  एकैजिल्लाका उनीहरु शेरबहादुर देउवाको प्यानबाट चित्रलेखा यादव र रामचन्द्र पौडेल प्यानलबाट सितादेवी यादव चुनावी मैदानमा हुनुहुन्थ्यो ।
यस्तै अरु प्रतिष्पर्धी उमाकान्त चौधरीले ४५७ मत ल्याए भने कृष्ण कार्कीले ६६ मत ल्याउनु भएको छ ।


को हुन् सिता देवी ?
काँग्रेस पार्टीमा सितादेवी यादव एक्लो महिला जिल्ला सभापति हुनुहुन्थ्यो । उहाँ २०५८ सालदेखि लगातार सिरहाका सभापति हुँदै आउनु भएको छ । २०५७ सालमा उहाँका श्रीमान् चन्द्रनारायण यादवको हत्या भएपछि उहाँ राजनीतिमा सक्रिय हुनु भएको थियो ।

२०५८ सालमा भएको जिल्ला अधिवेशनमा उनी निर्विरोध सभापति हुनु भएको थियो  भने त्यसपछि दुई पटक चुनाव जितेर नै सभापति बन्नुभएको थियो ।

२०६४ सालमा अन्तरिम संसद गठन हुँदा तत्कालिन पार्टी सभापति स्व.गिरीजा प्रसाद कोइरालाले उनलाई अन्तरिम संसदको रुपमा मनोनित गर्नुभएको थियो । त्यसपछि भएको सविधानसभाको चुनावमा उनी सिरहा जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट सभासदमा चुनाव लड्नु भएको थियो । तर उहाँ पराजित हुनुभएको थियो । त्यतिबेला मधेश आन्दोलन भएका कारणले मधेशी जनअधिकार फोरम नेपालका नेता विजय यादव चुनाव जित्नु भएको थियो ।

२०७० सालमा भएको दोस्रो सविधानसभामा उनी ११ हजार एकसय पचास मत ल्याएर विजय हुनुभएको थियो । नयाँ सविधान घोषणा हुने दिन आन्दोलनरत मधेशी मोर्चाका नेता तथा कार्यकर्ताले सिरहास्थित उनको घरमा आगजानी गरेको थियो । ६० वर्षीया सितादेवी यादवको पार्टीमा सक्रियता र लगनशिलतालाई मध्यनजर गर्दै संस्थापन पक्षले उहाँलाई कोषाध्यक्ष पद उम्मेदवार बनाएको उहाँका छोरा डा.सुभाष यादवले बताउनुभयो । यद्यपी उहाँ आफ्नो श्रीमान्को नामबाट राजनीतिक गरिरहेको आरोप लाग्दै आएको छ ।

किन हारिन चित्रलेखा

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..