» » घरको छानामामा ऐलबेस्टर प्रयोग गर्नुभएको छ भने होस गर्नुस् है क्यान्सर लाग्ला


–रामचरित्र साह

ऐल्वेस्टर ( ऐस्वेस्टस) एक प्रकारको खनिज पदार्थ हो जुन चट्टान तथा माटोमा पाउँदछ । रसायनीक रुपमा ऐल्वेस्टर सिलिकेट यौगीकको रुपमा अर्थात यो सिलिकन र अक्सिजन मिलेर बनेको हुन्छ । यसको रेशाहरु अति शुक्ष्म भएपनि धेरै टिकाव, आगो, ताप, रसायनिक प्रतिक्रियाको प्रतिरोधी एवं विद्युको कुचालक भएको र प्रयोग गर्न पनि सजिलो भएको कारण यसको आयात, विक्रि वितरण र प्रयोग हालैको दिनमा व्यापक भएर गएको पाईन्छ ।

नेपाल विश्व मानचित्रमा एक कम विकशित देश हो ।  क्षेत्रफलको हिसावले नेपाल विश्वको ९३ औ स्थानमा र जनसंख्याको हिसावमा ४१ औं स्थानमा रहेको छ । नेपालको कुल जनसंख्या ३ करोडमध्ये तराईका २० जिल्लामा करीब ५१ % जनसख्या हाल आएर ऐल्वेस्टर (ऐल्वेस्टस) को व्यापक आयात, विक्रि वितरण तथा प्रयोगले विभिन्न दीर्घकालिन रोगहरु जस्तै श्वासप्रश्वास, छाती दुख्ने, लामो समयसम्म खोकी लागि रहने र क्यानशर समेत लगाउन सक्ने सम्भावना निकै बढ्दै गएको छ ।

 ऐल्वेस्टरको प्रभाव सबैभन्दा बढी कामदार , मिस्त्री  र ऐस्वेस्टसबाट छाना छाएको घरमा बस्ने मानिसहरु, बृद्ध बृद्धा, महिला तथा बालबालिकाहरुमा पर्ने गरेको छ ।

विगतमा गरिएका धेरै अध्ययनहरु र विश्व स्वास्थ्य संगठन (World Health Organization) एवं International Agency for Research on Cancer ले सबैखाले ऐल्वेस्टर मानवजातीलाई क्यान्सर लगाउन सक्ने प्रमाणित गरीसकेको र हाल आएर नेपाल लगायत विश्वका करिब ६० भन्दा बढी देशहरुमा ऐल्वेस्टरको आयात, निर्यात तथा प्रयोगमा समेत बन्देज लगाई सकिएको छ । नेपालमा क्यान्सर रोगी सम्बन्धी कुनै आधिकारीक सरकारी तथ्यांक नभए पनि करीब ३५००० देखि ४०००० क्यान्सरका विरामीहरु पाइने अनुमान गरिएको छ । जसको अधिकाँस सँख्या तराईमा छ ।

नेपाली जनताको मृत्यूको मुख्य १० कारणहरुमध्ये स्वासप्रस्वास सम्बन्धी समस्याहरु चौथो ठूलो कारणहरु ऐस्वेस्टससँग पनि सम्बन्धित रहने सम्भावना रहेको स्थिती छ । तराई लगायत नेपालका अन्य भागहरुमा पनि  ऐल्वेस्टरको आयात, विक्रि वितरण र प्रयोग बढेसँगै बढ्दै गएको श्वासप्रश्वास र क्यान्सरको  समस्या र वातावरणीय प्रदूषणको समस्यालाई समाधान गर्न नेपाल सरकार, वातावरण मन्त्रालयले राजपत्रमै सुचना जारी गरी ऐल्वेस्टरको आयात, विक्रिवितरण तथा प्रयोगमा पूर्ण रुपले बन्देज लगाइएको थियो ।

 तैपनि सम्बन्धित सरकारी कार्यालयहरु मूख्य रुपमा जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय र वाणिज्य कार्यालयले आयात एवं विक्रि वितरणमा प्रभावकारी प्रतिबन्ध र बजार अनुगमन गर्न नसकेको कारण उक्त सरकारी निर्णयको प्रभावकारी हुने समय यही २०७२ साल असार ५ गते देखि नौ महिना वितिसक्दा पनि आजको दिनमा पनि तराईका अधिकाँश बजारहरुमा आयात भइ व्यापक विक्रि वितरण भइरहेको छ । तसर्थ यसको प्रभावकारी कार्यान्वययन सबै पक्षबाट हुनु जरुरी छ ।

नेपालमा ऐल्वेस्टरका कारण हुने क्यान्सर पिडितहरुको पनि पहिचान भइसकेको सरकारी तथा चित्सकीय तथ्यांक रहेको छ । अनेकौ नकारात्मक असरका बाबजुद हालको अवस्थासम्म आउँदा नेपालमा आवश्यक नीति नियम, ऐन कानुन नभएको कारणले ऐल्वेस्टरको आयात, विक्रि वितरण तथा प्रयोग, खासगरी घर छाउने कामका लागि अत्याधिक परीणाममा आयात भइ निर्वाध रुपमा प्रचारप्रसार तथा प्रयोग भइरहेको थियो ।

नेपालको विभिन्न क्षेत्रहरु र विशेषगरी तराई क्षेत्रमा घरको छाना छाउन हालैको वर्षहरुमा व्यापक आयात, विक्रि वितरण, प्रचारप्रसार तथा प्रयोग हुदै आईरहेको बाट मानव स्वास्थ्य तथा वातावरण जोखिमपूण रहेको अवस्थामा गतसाल २०७१ पुस ७ मा आएको सरकारको एसवेस्टस आयात र प्रयोग पूर्णरुपले बन्देज लगाउने निर्णय दुरगामी र स्वागतयोग्य निर्णयको प्रभावकारी कार्यान्वयन सबै पक्षबाट गर्न गराउनु पर्दछ ।  

जनस्वास्थ्य तथा वातावरण प्रर्वद्र्धन केन्द्र (CEPHED) काठमाण्डौले जापान स्थित टकागी फन्ड फोर सिटिजन साईन्स (Takagi Fund for Citizen Science, Japan) र ABAN को सहयोगमा मानव स्वास्थ्य तथा वातावरणलाई दीर्घकालिनरुपमै हानि गर्ने रसायने एस्वेस्टसको आयात र विक्रिवितरण तथा प्रयोगमा नेपाल सरकारले पूर्णतया प्रतिबन्ध लगाएको छ ।

त्यस निर्णयको प्रभावकारी कार्यान्वयनमा ठोस टेवा पु¥याउन मध्य तथा पुर्वी तराईका विभिन्न भन्सार कार्यालयहरु, अधिक विक्रिवितरण भइरहेको बजारहरु र प्रयोग भइरहेको जिल्लाहरुको स्थलगत अध्यन, ऐस्वेस्टसका नमूनाहरु प्रयोगशाला परीक्षण, सम्भाव्य प्रभावित ब्यक्तिहरु र क्षतीग्रस्त प्रदूषित स्थानहरुको अध्यनसँगै तत् सम्बन्धी आम जनतामा आवश्यक जनचेतना जगाउने आदि कार्यक्रमहरु सहितको अध्ययन प्रतिवेदन तयार पारी सम्बन्धित सबै सरोकारवाला व्यक्ति, संस्था एवं सरकारी निकाय तथा आमसञ्चारका माध्यमहरुमा पु¥याउने उद्देश्यले एक राष्ट्रिय प्रतिवेदन तयार गरीरहेको छ ।

 साथै आम सञ्चारकर्मीहरु लगायत सञ्चारगृहहरुलाई आ(आफ्नो ठाउँबाट यो क्यान्सरजन्य ऐसबेस्टसको आयात, विक्रिवितरण तथा प्रयोगलाई निरुतसाहित गर्न यो सरकारी निर्णयको ब्यापक प्रचार प्रसारमा सहयोग गर्न पनि सबैलाई  अनुरोध गर्दछु र  पुनस्चः देशका विभिन्न भागमा अब उपरान्त यस प्रतिबन्धित ऐस्वेस्टसको आयात विक्रिवितरण तथा प्रयोगमा पूर्णतया प्रतिबन्ध लगाउनुको साथै पहिले भित्रिसकेको र प्रयोगमा रहेका ऐस्वेस्टसहरुको मात्रा एकिन गरी वातावरणमैत्री तरीकाले व्यवस्थापन गर्न गराउन सम्बन्धित सबैसँग अपील गर्दछु ।
cephed04@yahoo.com

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..