» » मधेशी मोर्चाका नेता दूतावासमा

काठमाडौ चैत १२ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु नेपालस्थित भारतीय राजदूतावासमा राजदूत रञ्जित रायसँग छलफलका लागि पुग्नु भएको छ ।

भारतीय राजदूत रञ्जित रायले बोलाएपछि उहाँहरु विहान ९ बजे त्यहाँ पुग्नु भएको हो ।  दूतावासभित्रको इन्डिया हाउसमा विहानको नस्तासहित हुने छलफलमा मधेश आन्दोलनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको बारेमा छलफल भइरहेको बताइएको छ ।

दूतावासमा जानेमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भारवना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भानवनाका अध्यक्ष अनिल झा र फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव रहनु भएका छ । छलफलमा महेन्द्रराय यादव र शरदसिंह भण्डारी गएका छैनन्।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..