» » राजधानीमा महाधिवेशन चल्दा वीरगञ्जका काँग्रसीले पार्टी छाडे

काठमाडौ फागुन २२ गते । राष्ट्रिय मधेश समाजवादी पार्टी पर्साको संगठन बिस्तारको क्रममा आज विरगन्ज वडा नं। २८ स्थित सिर्सियामा टोल कांग्रेस स्थानीय नेता नागेन्द्र पटेल र जोगेन्द्र पटेलको नेतृत्वमा दर्जनौ  कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेस पार्टी परित्याग गर्ने उनीहरुलाई रा।म। स। पार्टीका केन्द्रीय सदस्य शम्भु प्रसाद चौरसियाले फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।

सो कार्यक्रममा, केन्द्रीय सदस्य राजेश मान सिंह, जिल्ला अध्यक्ष प्रेम बाबू पटेल , पर्सा संगठन बिभाग प्रमुख प्रदीप सिंह ठकुरी , मुस्लिम बिभागका केन्द्रीय संयोजक खैंरूद्दीन मियाँ , युवा लिगको केन्द्रीय अध्यक्ष प्रदीप चौंरसिया , नगर सचिव दिनेश साह , मुस्लिम नगर कार्य समिति सदस्य वकिल मियाँ लगायतको उपस्थिति रहेको थियोे ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..