» » नवलपरासीमा टाइफाइडका बिरामी बढे


उर्मिला यादव
 नवलपरासीमा टाइफाइडका बिरामी बढेका छन् । फागुनको दोस्रो सातादेखि छिटफुट रुपमा टाइफाइटका बिरामीहरु देखिएपनि पछिल्लो समयमा त्यसको सँख्यामा बृद्धि भएको स्वास्थ्य संस्थाहरुले जनाएका छन्  ।

आकाशे पानी नपरेको अवस्थामा टाइफाइडका बिरामी बढ्नु  आश्चर्य कुरा भएको स्वास्थ्यकर्मीहरुले जनाएका छन्  । शुरुमा जीउ दुख्ने, ज्वरो आउने, शरीरका अगहरु गल्ने, जोर्नीहरु दुख्ने लक्षण लिएर अस्पताल गएका बिरामीहरु रगत परिक्षण गर्दा टाइफाइड भेटिएको काली गण्डकी सामुदायिक अस्पतालका डा. छविलाल थापाले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार दैनिक जसो टाइफाइडका बिरामीहरु बढ्दै आएका छन्  । एक सातामा अस्पतालमा मात्रै एक सय पचास जना टाइफाइडका बिरामीले उपचार लिएका छन् डा. थापाले बताउनुभयो। टाइफाइड पानीजन्य रोग भएकाले सफा पानी प्रयोग गर्नुपर्छ  ।    प्रदुषित पानीका कारण टाइफाइड देखिने भएकाले पानी उमालेर खान चिकित्सकहरुले  सुझाव पनि दिएका छन् । समयमै उपचारहरु नसके टाइफाइटले भयावह स्थिति समेत ल्याउने भन्दै स्वास्थ्यमा ख्याल राख्न सबै नागरिकहरुलाई चिकित्सकहरुले अपिल गरेका छन्  ।  कावासोती क्षेत्रमा व्यापक रुपमा बालबालिका र महिलामा टाइफाइड देखिएको छ ।  

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..