» » यस्तो रह्यो काँग्रेसको महाधिवेशन उद्घाटनशत्र


काठमाडौं फागुन २० गते । नेपाली कांग्रेसको १३ औं महाधिवेशन भब्य समारोहबीच आजबाट सुरु भएको छ । राजधानीको खुल्लामञ्चमा बिभिन्न दलका प्रमुख, बिदेशस्थित बिभिन्न दलका प्रतिनिधि तथा हजारौंको संख्यामा उपस्थित कांग्रेसका नेताकार्यकर्ता तथा सर्वसाधारणको उपस्थितिमा कार्यबाहक सभापति रामचन्द्र पौडेलले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा बिभिन्न झाँकीसहित साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीद्धारा संचालित उद्घाटन सत्रमा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्धय प्रकाशमान सिंह, कोषाध्यक्ष चित्रलेखा यादव तथा केन्द्रीय सदस्यहरु, भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष तथा पदाधिकारी, केन्द्रीय सदस्यका साथै जनसम्पर्क समितिका पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।

 उद्घाटन कार्यक्रममा कार्यबाहक सभपाति पौडेलले नयाँ संविधान जारी गरेपछि पहिलो पटक महाधिवेशन गर्न लागेकाले पनि कांग्रेसको महाधिवेशनलाई विश्वले चासोका साथ हेरेको बताउनुभयो । उहाँले कांग्रेसले  आफ्नै बलमा सवै दल मिलेर संविधान जारी गरेकाले विश्वले नेपाललाई हेरिरहेको बताउनुभयो ।

कार्यबाहक सभापति पौडेलले कांग्रेसले आफ्नै नेतृत्वमा जारी गरेको संविधान कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यबाहक सभापति पौडेलले संविधान कार्यान्वयनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि कांग्रेस पनि रुपान्तरण हुन जरुरी रहेको आबश्यकता औल्याउनु भयो । उहाँले संविधान कार्यान्वयनसंगै संविधानमा भएको व्यवस्था अनुसार प्रजातान्त्रिक समाजवादको कार्यान्वयन गरेर वीपीको सपना साकार बनाउन पनि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

कार्यबाहक सभापति पौडेलले संविधान कार्यन्वयनमा नेपाली कांग्रेसले संविधान निर्माणमा जस्तै नेतृत्वदायी भुमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो । कार्यबहाक सभपाति पौडेलले संविधान कार्यान्वयनमा आएसंगै वीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद समेत कार्यान्वयनमा आउने बताउनुभयो ।

उहाँले नेपालमा राजनीति अपमानित हुन लागेको बताउदै अब कांग्रेसले राजनीतिलाई सम्मानित बनाउनका लागि लोकतान्त्रिक आचरणलाई अगाडि बढाउने बताउनुभयो । उहाँले आम कार्यकर्ताले समेत नेतृत्वको मूल्याङ्कन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँल राजनीति अपमानित हुनुमा कतै राजनीतिज्ञ पनि दोषि भएको त होइन भनेर पनि समिक्षा हुनुपर्ने बताउनुभयो । उहाँले तराई मधेशमा देखिएका असंतुष्टी सम्बोधन गर्न कांग्रेस तयार रहेको स्पष्ट पार्नुभयो ।

उद्घाटन कार्यक्रममा वरिष्ठ नेता शेरबहादुर देउवाले कांग्रेसको १३ औं महाधिवेशन अवसर र चुनौती दुवै भएको बताउनुभयो । बरिष्ठ नेता देउवाले भुकम्पपछिको पुनर्निर्माण र संविधान कार्यान्वयन चुनौती भएको बताउनुभयो । उहाँले यी चुनौती भए पनि संविधान कार्यान्वय र पुनर्निर्माण अघि बढाई यसलाई अवसरका रुपमा उपयोग गर्न सकिने बताउनुभयो ।

 सिमाङ्कन लगायतका समस्या समाधान गरेर तराई मधेशका समस्या समेत समाधान गर्न कांग्रेस सक्षम रहेको बताउनुभयो । उहाँले नाकाबन्दीका कारण संकटमा परेको अर्थव्यवस्था सुधार गर्न पनि कांग्रेस सक्षम रहेको उललेख गर्नुभयो । कांग्रेस अहिले पनि समावेशी छ ,अझ संविधानमा भएको व्यवस्था अनुसार समावेशी हुनेछ, बरिष्ठ नेता देउवाले भन्नुभयो “पार्टीलाई मात्र होइन मुलुकका सवै संरचनामा पनि कांग्रेसले नै समावेशी बनाउँछ ।”

महामन्त्री प्रकाशमान सिंहले कांग्रेसले सात दशक लामो नेपाली जनताको चाहना आफ्नै नेतृत्वमा पूरा गरेको स्मरण गर्दै सभापति सुशील कोइरालाको सरल र समन्वयकारी स्वभावका कारण संविधान संभव भएको बताउनुभयो । कांग्रेस समाजका तल्लो तहसम्म भिजेको पार्टी भएको स्मरण गर्दै नेता सिंहले अग्रज नेताको नाम भजाएर होइन संविधान कार्यन्वयन गरी स्थिरता कायम गरेर कांग्रेसले पुनः इतिहाँस बनाउनुपर्ने बताउनुभयो ।

अर्का महामन्त्री कृष्ण सिटौलाले १३ औं महाधिवेशनले सवै दलहरुलाई एकताबद्ध बनाउने नीति र नेतृत्वको चयन गर्ने बताउनुभयो । महामन्त्री सिटौलाले गिरिजाप्रसाद कोइरालाले तय गरेको कार्यदिशाले संविधानसभामार्फत संविधान जारी भएको उल्लेख गर्दै सुशील कोइरालाले तय गरेको कार्यदिशाले संविधान कार्यान्वयन गर्न कांग्रेस सक्षम हुने बताउनुभयो ।

कोषाध्यक्ष चित्रलेखा यादवले गाँउ गाँउमा सहरी सुविधा पु¥याएपछि मात्र वीपीको समाजवाद कार्यान्वयन हुने स्पष्ट पार्नुभयो । उहाँले जनताको भावना र राष्ट्रको आवश्यकता बुझेर मात्र कांग्रेसले नीति बनाउनुपर्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा कांग्रेसको प्रचार बिभागले प्रकाशन गरेको संसदमा वीपी र सुशील दा संझनामा भन्ने दुई पुस्तकको कार्यबाहक सभापति पौडेलले बिमोचन गर्नुभएको थियो ।

अन्य दलका नेता 

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले कांग्रेसको १३ औं महाधिवेशन कर्मकाण्डी मात्र नभएर एउटा स्पष्ट नीतिका साथ अगाडि बढ्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । लोकतन्त्र सुदृढ बनाउने बिषयमा एमाले कांग्रेससंग सधैं सहकार्य गर्न तयार रहेको समेत स्पष्ट पार्नुभयो ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको इतिहाँसको चर्चा गर्दै कांग्रेसले नै राजनीति परिवर्तनको अग्रणी नेतृत्व गरेको बताउनुभयो । उहाँले आफुले अब कांग्रेसले कस्तो बाटो समात्छ भनेर हेरिरहेको बताउनुभयो ।
संविधान कार्यान्वयन र पुनर्निर्माणमा सवै दलबीच राजनीतिक एकता आवश्यक रहेको बताउनुभयो । उहाँले निरंकुशताबिरुद्ध सहकार्य गरेको शक्तिलाई कांग्रेसले बिर्सन नहुने उल्लेख गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले कांग्रेसको इतिहाँसको चर्चा गर्दै अब कांग्रेसले कस्तो नीति लिन्छ भनेर विश्वले हेरिरहेको बताउनुभयो ।
नेकपा मालेका महासचिव सिपी मैनालीले कांग्रेसको योगदानको चर्चा गर्दै कांग्रेसका कतिपय अग्रगामी राजनीति र आर्थिक बिचारसंग बामपन्थी दलहरु समेत सहमत भएको चर्चा गर्नुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा कांग्रेसको योगदानको चर्चा गर्दै अब कांग्रेसले राष्ट्रिय एकताका लागि अगाडि बढ्ने नीति लिनुपर्ने आबश्यकता औल्याउनु भयो ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कांग्रेसको नेतृत्वमा देशभर एकताबद्ध भएर संविधान जारी गर्ने सफलता मिलेको बताउदै कांग्रेसको संविधान कार्यान्वयनमा भूमिका अझै बाँकी रहेको बताउनुभयो ।

बिदेशी नेताहरु  
बिहारका मुख्यमन्त्री नितिशकुमारले कांग्रेसको दशकौं लामो बलिदानीका कारण संविधानसभाबाट संविधान संभव भएको भन्दै आफु कांग्रेसका सभापति सुशील कोइराला, नेता चक्र बाँस्तोलासंगै भारतीय स्वतन्त्र संग्रामका बेला संगै जेल बसेको स्मरण गर्नुभयो । उहाँले सवै दलका नेताहरु एउटै मञ्चमा बसेर नेपाली राजनेताहरुले एकता प्रर्दशन गरेको बताउनुभयो ।

भारतीय जनता पार्टीका उपाध्यक्ष भागतसिं कोसियारीले कांग्रेसले भारतको स्वतन्त्रता आन्दोलनमा पु¥याएको योगदानको चर्चा गर्दै नेपाल भारतको सम्बन्ध राजनीतिमा मात्र सीमित नभएको भन्दै नेपालका दलहरु सवै एकै ठाँउमा आएर उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।

बंगलादेशका सूचनामन्त्री इन्सुल हक इनुले कांग्रेस र कांग्रेसका सभापति सुशील कोइरालाले बंगलादेशको मुक्ति आन्दोलनमा पु¥याएको सहयोगप्रति आभार व्यक्त गर्दै नेपालले अब विकासको बाटो समात्नुपर्ने उल्लेख गर्नुभयो ।

भारतीय लोकतान्त्रिक समाजवादी पार्टीका नेता विजयप्रतापले भारतमा समाजवादी आन्दोलन अझै मजबुत हुन सकेको बताउदै नेपालले समाजवादी आन्दोलन अगाडि बढाएर भारतीय समाजवादीलाई पनि आन्दोलन उठाउन सहयोग पुग्ने बताउनुभयो ।

सोसलिष्ट इन्टरनेश्नलका महासचिव लुइस आइलाले वीपी कोइराला, कृष्णप्रसाद भट्टराईदेखि सुशील कोइरालासम्मको इमान्दारिता र निष्ठाले समाजवादी आन्दोलन जीवित रहेको बताउनुभयो ।

भारतीय कम्युनिष्ठ पार्टीका केन्द्रीय सदस्य जोगेन्द्र शर्माले नेपालमा संविधान जारी भएसंगै अगाडि बढ्नका लागि बाटो खुल्ला भएको चर्चा गर्दै नेपाली जनताको साथमा सधै भारतीय जनता रहेको बताउनुभयो । भारतका बामपन्थी नेता पल्लवसिं गुप्ता, कम्पोडियन पिपल्स पार्टीका प्रतिनिधि कांग्रेस आइका केन्द्रीय सदस्य पिके हरिप्रसादले समेत महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..