» » फोरम नेपालका सलहेश क्षेत्रका निर्णय

संघीय समाजवादी फोरम, नेपाल
     मधेश प्रदेश तदर्थ समिति
              सलहेस क्षेत्र
प्रेस विज्ञप्ति
---------------
संघीय समाजवादी फोरम, नेपाल सलहेश क्षेत्रको प्रथम पूर्ण बैठक सलहेस क्षेत्र इन्चार्ज शैलेन्द्रप्रसाद साहको अध्यक्षतामा मिति २०७२ चैत्र १५ गते सोमबारका दिन सिरहा जिल्लाको चोहर्वामा सम्पन्न भयो । बैठकले प्रतिगमनको विरुद्ध सुरु भएको शान्तिपूर्ण आन्दोलनमा सरकारको तर्फबाट अत्यधिक बल प्रयोग गर्दा सप्तरी, सिरहा लगायत तराई/मधेश र थरुहटका अन्य जिल्लाहरुमा गरी करिब पाँच दर्जन मधेशी सपुतहरुले सहादत दिएका छन् । सलहेस क्षेत्रको बैठकले वीर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै निम्न प्रस्तावहरु पारित गरेको छ ।
१. बैठकले वर्तमान आन्दोलनमा राज्य आतंकद्वारा मृतक ब्यक्तिहरुलाई अविलम्ब सहिद घोषणा गरी सहिद परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । साथै अङगभङग र घाइते भएका सम्पूर्ण योद्धाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण घाइतेहरुको उपचार खर्च तथा गिरफ्तार ब्यक्तिहरुको रिहा र झुठा मुद्दाहरुको खारेजी गर्न सरकारसँग माग गरेको छ ।
२. बैठकद्वारा सलहेस क्षेत्रीय समितिका सचिवमा सप्तरीका शम्भु झालाई चयन गरिएको छ । साथै शैलेन्द्रप्रसाद साह इन्चार्ज रहने गरी सदस्यहरुमा अनिरुद्ध प्रसाद सिंह, मनोरञ्जन गोइत, विनोद चौधरी, मो. खालिद सिद्धिकी, सूर्यनाथ यादव, शम्भु झा, शोभादेवी मण्डल र विशेश्वर यादव सम्मिलित ९ सदस्यीय सचिवालय गठन गरिएको छ ।
३. बैठकले सप्तरी तथा सिरहा जिल्ला कार्यसमितिलाई संगठन विस्तार लगायत केन्द्रीय परिपत्रहरुको कार्यान्वयन गर्नुकासाथै जिल्ला अधिवेशन समयमा सम्पन्न गर्न निर्देशन दिएको छ ।
४. सलहेश क्षेत्रका सदस्य सुखराम यादवलाई बिना कारण सप्तरी प्रहरीले मिति २०७२/१२/१४ गते पक्राउ गरी बदनियतपूर्ण तरिकाले विभिन्न यातना दिएको घटनाप्रति बैठकले खेद ब्यक्त गर्दै आइन्दा यस्तो कार्य नदोहोर-याउन सचेत गराएको छ ।
५. सो बैठकले सप्तरी र सिरहा जिल्लाका सबै पहिचानवादी आन्दोलनकारी शक्तिहरुलाई वृहत संघीय गठबन्धनमा आबद्ध भई जारी आन्दोलनमा सक्रिय सहभागिता जनाउन अपिल गरेको छ ।
६. आमहड्ताल स्थगित भएको लामो समय बित्दा पनि सप्तरी तथा सिरहामा पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन नसकिरहेकोले कालोबजारी बढ्दै गएको हुँदा अबिलम्ब सहज आपूर्तिको ब्यवस्था मिलाउन स्थानीय प्रशासनसँग माग गरेको छ ।
 सो पूर्ण बैठकमा पार्टीका केन्द्रीय कोषाध्यक्ष विजयकुमार यादव, केन्द्रीय सदस्यहरु, केन्द्रीय परिषद सदस्यहरु, जिल्ला अध्यक्षहरु, साँसदहरु लगायत सलहेश क्षेत्रका ३१ जना सदस्यहरुको सहभागिता रहेको थियो ।
मिति :- २०७२/१२/१७

शैलेन्द्र प्रसाद साह
इन्चार्ज

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..