» » अग्नी पिडितलाई युवा संघद्धारा राहत वितरण

सिरहा, फागुन २६ गते । युवा संघ नेपालले सिरहाको विष्णुपरिकट्टी जहाँ आगलागी भएको थियो सो ठाउँमा राहत वितरण गरेको छ ।

फागुन ९ गते भएको भिषण आगजनीबाट ३२ घर ध्वस्त भएको थियो । सो गाविसमा युवा संघ नेपाल, केन्द्रीय प्राकृतिक प्रकोप न्युनीकरण विभागले ३१ वटा घर परिवारलाई पाँच लाख वरावरको राहत वितरण गरेको संघले जनाएको छ । प्रत्येक घरलाई एक बोरा चामल, कम्वल, अस्थायी शौचालय, सिरक, डसना, पानी खाने भाडा लगायत सरसामन वितरण गरेको जनाएको छ  ।

युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारीको प्रमुख आतिथ्यतामा भएको उक्त राहत वितरणमा संघका उपाध्यक्षहरु दिलु पन्त, रमेश पौडेल, चन्द्र लामा, महासचिव किरण पौडेल, सचिव मंजु यादव, सिरहा नेकपा एमालेका अध्यक्ष प्रमोद यादव, युवा संघका सचिवालय सदस्य संजिवकुमार झा लगायतले राहत वितरण गर्नु भएको थियो ।

तत्कालीन मालेका महासचिव मदन भन्डारी, चौथो महाधिवेशनबाट निर्वाचत भएको गाँउ सिरहा जिल्लाको विष्णुपुरकट्टीबाट महासचिवमा निर्वाचित हुनुभएको थियो ।  सयुक्त सघर्ष लोकतन्त्रका लागि र पचायती व्यवस्थाको अन्त्य भन्ने मुललारा साथ मदन भन्डारी महासचिवमा निर्वाचित हुनु भएको संघले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..