» » प्रचण्डले भन्नुभयो, सिमांकन विवाद चाँडै समधान हुन्छ


नेपालगञ्ज,  फागुन २२ गते । एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सिमांकनका विषयमा मधेसी मोर्चाका नेताहरुसँग छिट्टै छलफल गरी राजनैतिक सहमतिमा सिमांकनको समस्या हल गरिने बताउनु भएको छ ।

थारु राष्ट्रिय मुक्ति मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई कोहलपुरमा प्रशिक्षणका शिलशिलामा नेपालगञ्ज पुग्नु भएका अध्यक्षले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘दुईवटा विधयकले धेरै हदसम्म मधेसका माग सम्बोधन गरेको छ, अब सिमांकनको निम्ति समिति बनिसेको छ र सदस्यहरु राख्ने मात्र बाँकी छ, छलफल गरेर हल गरिन्छ ।’

उहाँले नेपाली काँग्रेसको अधिवेशन पश्चात तुरुन्तै छलफल गर्ने बताउनु भयो । माओवादी पार्टीहरुको स्थानीय तहमा एकीकरण भईरहेको बताउँदै केही समय पछि सिंगो पार्टीहरु एकीकृत हुने उहाँको भनाई थियो । अध्यक्षले सञ्चारकर्मीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीले जे बोल्नुभयो त्यो आशा लाग्दो नै छ भन्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..