» » काठमाडौमा महाधिवेशन चालिरहँदा काँग्रेसका नेताहरु फोरममा प्रवेश


वीरगन्ज, फागुन २० गते । काठमाडौमा नेपाली काँग्रेसको महाधिवेशन चलिरहँदा यता पर्सामा काँग्रेसका सैयो कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ ।

फोरम नेपालले आज पर्सामा आयोजना गरेको कार्यक्रमार्फत नेपाली काँग्रेस पर्साका नेता ओमप्रकाश साह कानुको नेतृत्वमा सयकडौ जना काँग्रेसीहरु पार्टीमा प्रवेश गरेका छन् ।

नेपाली कांगे्रस ट्रेड युनियनका कोषध्यक्ष, नन्दकिशोर चौरसिया, ओम प्रकाश साह कानु, जगदिश साह कुर्मी, बिन्दा साह तेली, मुकेश पटेल, पारस राउत कुर्मी, राजेन्द्र साह कुर्मी, बिदियालाल कुर्मी, शिबलाल कुर्मी, भिमबचन पटेल, हिरालाल महतो, बैजनाथ साह कुर्मी, अभिष हुसेन देवान, मकबुल मिया धोवी, चन्द्रीका राउत, ज्ञानचन्द पटेल, अछेलाल साह कानु, पनालाल साह कानु, दिपकलाल साह कानु, देवनाथ सिह राउत, चन्दलाल साह कानु, जगदीश मिया धोवी, नविजान धोवी, विनयराम चमार लगायतका करीब १ सयको हाराहारीमा नेता तथा कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रमपछि पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले काँग्रेस, एमाले, एमाओवादी लगायतका पहाडवादी चिन्तनले ग्रसित रहेको ती दलहरुबाट नेपालको समस्या समधान गर्ला भने कुरामा विश्वास नगर्न आग्रंह गर्नुभयो ।

ठूला दलको नाममा जनतालाई ठग्ने काम गरेको बताउँदै उहाँले ती दलहरुले मधेशीलाई विदेशी ठानेकै कारण अधिकार नदिई उल्टै दमन गरेको आरोप लगाएका छन् । ६ महिनाभन्दा बढी समयको मधेश आन्दोलनले अहंकारी सरकारको कम्मर भाँचेको दाबी गरेका छन् ।

उनले अबको आन्दोलनले सरकारको टाउको भाँच्ने दावीसमेत गरेका छन् ।

पर्साको भावानीपुलमा बिहीबार फोरम नेपाल पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अलपसंख्यक, उत्पीडित वर्गको अधिकारलाई संविधानमा स्थापित गरेरै छाड्ने बताउँदै अबको आन्दोलन पहाड, हिमाल, तराई चारै तिरबाट हुने चेतावनी दिए । मधेशीलाई विदेशी मानेकै कारण तराई–मधेशमा ६ महिना लामो संर्घष र पाँच दर्जन भन्दा बढीले ज्यानको आहुति दिँदा समेत पाहाडी मानसिकताबाट ग्रसित भएको राज्यसत्ताले मधेशीलाई अधिकार नदिइएको आरोप लगाए ।

 कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य करिमा बेगमले मधेशी जनता आन्दोलनबाट नथाकेको र फेरि आन्दोलन गर्न तयार रहेको धारणा राखिन् ।

कार्यक्रममा जिल्ला अध्यक्ष प्रदिप यादवले मधेशी, मुस्लिम, दलित, पछाडि पारिएका उत्पीडित वर्गको अधिकार संविधानमा समावेश नभएसम्म आन्दोलन जारी नै राख्ने दावी गरेका थिए । वक्ताहरुले काँग्रेस, एमाले, एमाओवादी, राप्रपा जस्ता खसवादी सोचबाट ग्रसित रहेका पार्टीहरुले मधेशप्रति देखाएको द्वैध चरित्रकै कारण ती पार्टी छाड्नेको संख्या दिन प्रति दिन बढ्दै गएको र मधेशीको अधिकारका लागि संघर्ष गर्ने फोरम नेपालमा समावेश भएको दावी गरेका थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..