» » मधेशको समस्या बारे प्रधामन्त्री ओलीलाई सम्झाउनुस् भनि चिनियाँ दूतावासलाई ज्ञापनपत्र


काठमाडौ चैत ५ गते । आज चिनियाँ राजदूत  र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भेटघाट भएको छ ।

लाजिम्पाटस्थित साग्रिला होटलमा भएको भेटघाटमा चिनियाँ राजदूत ऊ चुन्ताईलाई आदिवासी जनजातिसहित मधेशी मोर्चाको समूहले एक ज्ञापनपत्र बुझाएको छ । चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेशको समस्या समधान गर्न आग्रह गर्न मधेशी मोर्चाले आग्रह गरेको राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले बताउनुभयो ।

विगत ६ महिनादेखि आन्दोलन हुँदा राज्यको दमनबाट ६० जनाभन्दा बढी मान्छे मारेको तथा सैयोको सँख्यामा घाइते भएको जानकारी गराउँदै मधेशी मोर्चाले प्रधानमन्त्री ओलीले मधेशको समस्या समाधान गर्न गम्भीर नदेखिएको कुरा राजदूत समक्ष राखेका थिए ।

जवाफमा राजदूत चुन्ताईले मधेशको समस्याको बारेमा आफू जानकार रहेको र त्यहाँ देखिएको समस्या चाडै समाधान होस् भनि आफ्नो देशले चाहेको कुरा राखेको प्रवक्ता झाले बताउनुभयो । राजदूत चुन्ताईले विकासका लागि द्धन्द समाधान हुन आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो ।

भेटघाटमा संघीय गठबन्धनबाहेक आदिवासी जनजाति आन्दोलन समितिका पदमरत्न तुलाधर, ओम गुरुगं, पर्शुराम तमागंको पनि उपस्थिति थियो । साथै मधेशी मोर्चाको तर्फबाट नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, संघीय समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राइ, राजेन्द्र श्रेष्ठ, तमलोपाका सर्वेन्द्रनाथ शुक्ला, सद्भावना पार्टीका महासचिव मनिष सुमन, तराई मधेश सद्भावना पार्टीका रामनरेश राय यादव, कौशल कुमार सिह, गंगा महरा, धर्मेन्द्र यादवलगायतको उपस्थिति थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..