» » मधेसको भुमिमाथीको गिद्दे दृष्टि


-सुरेशकुमार मण्डल
काठमाण्डौमा (फागुन २७ गते) आज भुमिमा महिला अधिकार सबन्धी एउटा गोष्ठीमा भाग लिइरहदा कार्यपत्र प्रस्तोतहरुको आसय सिधा मधेसको भुमी बाड्ने तिर केन्द्रीत रहेको पाए । उनिहरुले 'जसको जोत उसको पोत' लाई निकै लोकप्रीय नाराको हावाला दिदै भुमी जोत्नेको हुनुपर्छ भने तर्क गर्दा मलाई काठमाण्डौ राज्यसत्ताको मधेसको भुमिमाथीको गिद्दे दृष्टिकोण स्पस्ट भयो । 

मैले भुमीमा महिलाले अधिकार पाउनु पर्छ्, बराबरी नै पाउनु पर्छ । त्यसको म पक्षपाती हो । तर भुमी सुधारको मुद्दा अगाडी सारेर जहिले पनि मधेसको भुमी बाडने नियत बाट राज्य सत्तालाई मुक्त हुन आग्रह गरे । त्यसपछी भुमी सुधार भनेको खाली अरुको बाउ बाजेले अर्जेको जग्गा हडप्ने मानसिकताबाट माथी उठ्न समेत आग्रह गरे । 

भुमी सुधार भनेको जग्गा प्लटिङ, सिन्चाइ, कृषिमा आधुनिकिकरण लगायत बिषय बस्तु मुख्य हुन । तपाईंहरुको भुमी सुधार भनेको जग्गामा हद्बन्दी हो, त्यो पनि मधेसको जग्गामा । हदबन्दी नै गर्ने मनसाय हो भने सम्पतिमा हदबन्दीको निती ल्याउनुहोस । मधेस त्यसको निम्ती तयार छ । जसको जोत उसको पोत जस्तै काठमाण्डौका लागी अन्य धेरै नाराहरु झन लोकप्रिय छन । 

जस्तो कि न्युरोडको लागि, जसको दुकान उसको मकान । जसको आवास उसको निवास, त्यस्तै सार्वजनिक यातायातमा जसको सवाडी उसको गाडी र जसको कारनामा उसको कारखाना लगायत छन । के कठमाण्डौ यसको निम्ती तयार छन ? यदी हो भने हात मिलाउ मधेस तयार छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..