» » नेपाललाई चाहिएजति पेट्रोलियम पदार्थ दिने भारतको प्रतिबद्धता

काठमाडौ फागुन २१ गते । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले आफ्ना मन्त्रालयका उच्चाधिकारीलाई नेपालको आवश्यकतानुसारको पेट्रोलियम पदार्थको निर्यातका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएका छन । 
 
यसअघि भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नयाँदिल्लीमा शिष्टाचार भेटका क्रममा नेपालको दैनिक आवश्यकतानुसार पेट्रोलियम पदार्थको शीघ्र आपूर्तिका लागि विशेष व्यवस्था गर्न आग्रह गरेका थिए। उक्त भेटमा द्विपक्षीय सम्बन्ध, सहकार्य तथा दैनिक आवश्यकता र इन्धन आपूर्तिका विषयमा विचार आदानप्रदान भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..