» » थमन विकलाई हत्या गरेको आरोपमा तीनजना थुनामा


महोत्तरी चैत २ गते । मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विश्वकर्माको हत्या अभियोगमा पक्राउ परेका ३ जनालाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

सादा पोशाकमा डिउटीमा खटिएका विश्वकर्मालाई एम्वुलेन्सबाट थुतेर हत्या गरेको आरोपमा जलेश्वर २ का मिश्रीलाल माझी, ३ का संजयकुमार साह र वडा नं १७ परिकौलीका मोहन ठाकुरलाई ज्यान मार्ने मुद्दामा प्रहरीले सोमवार र मगंलवार अदालत पेश गरेको थियो ।

जिल्ला न्यायाधीश किरणकुमार पोखरेलले गरेको मुद्दाको पहिलो सुनवाईपछि मंगलवार थुना आदेश गरेको हो । उनीहरुलाई मुलुकी ऐन अदालती वन्दोवस्तिको ११८ नंको देहाय २ बमोजिमको अवस्था विद्यमान देखिएकोले मुद्दाको पुर्पक्ष हुने गरि कारागार पठाईएको जनाएको छ ।

असई विश्वकर्मा चढेको एम्वुलेन्स आगजनी गरको अर्को अभियोगमा अदालतले जनही ४ हजार धरौटी माग गरेको छ । कर्तब्य ज्यान अभियोगमा २८ तथा एम्वुलेन्स आगजनीमा २५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..