» » मन्त्री उमेशले आफ्ना प्रतिद्वन्द्वीलाई भने, चुनावमा जनतासँग गरिएको प्रतिवद्धता मिलेर पूरा गरौ



सप्तरी चैत १४ गते । चुनावको हारजितले कतिपय बीच जीवनभर बोलचाल हुँदैन, दुश्मनी हुन्छ तर यी दुवै नेताले त्यस्तो परम्परागत राजनीतिक तोडेर नयाँ सँस्कार बसाउने कसम खाएका छन् ।

सप्तरीको क्षेत्र नम्बर ३ मा कडा प्रतिस्पर्धा गरि चुनाव लडेका संघीय समाजवादी फोरमका नेता शैलेन्द्र साह र एमाओवादीका नेता उमेश यादवले त्यस्तो कसम खाएका छन् ।

हाल सिचाइ मन्त्री रहेका उमेश कुमार यादवले शैलेन्द्र महतोलाई हराएका थिए तर उनी आज नेता शैलेन्द्रको घरमा गएर भेटेका छन् । हामी दुई युवा नेता मिलेर काम गरौं । चुनावको समयमा जनतासँग गरेको प्रतिबद्धताहरू मिलेर  पूरा गरौं मन्त्री यादवले नेता शैलेन्द्र समक्ष राखेका थिए ।
परम्परा देखि चल्दै आएको राजनीतिक सँस्कार परिवर्तन गर्नुपर्नेमा दुई नेताले जोड दिएका थिए ।

सप्तरीमा मधेस आन्दोलनको नेतृत्व गर्दै आएका नेता शैलेन्द्र विकास कार्यमा को पक्ष को विपक्ष भनेर हुदैन, सबै मिलेर काम गर्नु पर्ने कुरा राखेका थिए ।

यसरी आफ्ना प्रतिद्वन्दीलाई उनको घरमै गएर भेट्नु सप्तरीको राजनीतिमा त्यसलाई सकारात्मक रूपमा लिएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..