» » उपेन्द्र यादवद्वारा पुनः आन्दोलनको चेतावनी


राकेश यादव
रौतहट, फागुन २५ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशमा शक्ति सञ्चयको लागि केही समय आन्दोलन स्थगित गरिएको दावी गर्दै संविधानको पुनर्लेखन नगरिएको विगतको भन्दा सशक्त आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।

हिजो रौतहटमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उहाँले नयाँ संविधानलाई एकल जातिले ल्याएको संविधानको संज्ञा समेत दिनुभयो ।

वर्तमान सरकारलाई तस्करी र भ्रष्टाचारीको चँगुलमा परेको आरोप लगाउँदै फोरम अध्यक्ष यादवले सरकारले अधिकार प्राप्तीको आन्दोलनमाथि निरन्तर दमन गरे पुरै देशमा आन्दोलन उठाइने चेतावनी दिनुभयो ।

दमनको प्रतिरोध गर्न तथा मर्न र मार्नको लागि तयार रहेर आन्दोलनमा उत्रने तयारी भइरहेको उहाँले बताउनुभयो ।

 भेटघाट कार्यक्रममा सोही पार्टीका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले काँग्रेस, एमाले र एमाओवादीका नेताहरुले समयमै नचेते भारतबाट पाकिस्तान अलग भएको उदाहरण नेपालमा समेत कार्यान्वयनमा आउने बताउनुभयो ।

सोही पार्टीका संसदीय दलका नेता अशोक राईले विश्वमा नै अभुतपूर्व ऐतिहासिक रुपमा विवेकपूर्ण जनआन्दोलन मधेशका जनताहरुले गरे पनि राज्य सत्ता चलाउने ठेक्केदारहरुले निर्दयी रुपमा प्रस्तुत हुदै जनतामाथि गोली वर्षाएको आरोप लगाउनु भयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..