» » प्रधामन्त्रीलाई अल्टिमेटम दिएर राजेन्द्र महतो झरे मधेश

काठमाडौ फागुन २८ गते । आज संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्रीलाई आन्दोलनको अल्टीमेटम दिए लगतै मधेशमा आन्दोलनको तयारीको लागी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मधेश झरेका छन् ।

महतोले आगामी महिनादेखि हुने निर्णायक आन्दोलनको तयारीका लागी आफु मधेश जान लागेको बताउनु भएको छ ।

अहिले आन्दोलनको स्वरूप परिवर्तन भएको अवस्था सरकारले यसको लाभ लिएर मधेशको आन्दोलनको माग सम्बोधन गर्नुपर्ने बताउँदै उहाँले यस समयको सरकारले सदुपयोग नगरे मधेशमा आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी समेत दिनुभयो।

भोली रौतहटको गौरमा महतोले पार्टीले आयोजना गर्ने पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने गौर पुग्नु भएको छ । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी सदभावना पार्टीमा प्रवेश गर्ने सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले जानकारी गराउनुभयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..