» » फोरमकका सर्लाही जिल्ला अध्यक्ष अशोक प्रहरीकको फन्दामा


सर्लाही, फाल्गुन २३ गते । संघीय समाजवादी फोरम नेपालका सर्लाही जिल्ला अध्यक्ष अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
सदरमुकाम मलंगवामा रहेको गोरखकाली प्रहरी चौकीमा चन्दा माग्न पुगेका यादवलाई प्रहरीले गएराती साँढे ११ बजे पक्राउ बताइएको छ ।

भोली पार्टीले सर्लाहीको लालबन्दीमा आयोजना गरेको आमसभालाई सहयोग गर्न भन्दै यादव पार्टीको चिठ्ठी बोकेर प्रहरी चौकीमा पुगेका थिए ।  त्यसक्रममा यादवले चौकीका इंन्चार्ज एवं प्रहरीनायब निरीक्षक प्रेम यादवमाथी हातपात समेत गरेको आरोपमा उनलाई पक्राउ गरेको सर्लाहीका प्रहरी उपरीक्षक केदार ढकालले बताए ।

फोरम अध्यक्ष यादवालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । संघीय समाजवादी फोरम नेपालले भोली लालबन्दीमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुको उपस्थितीमा आमसभा गर्ने जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..