» » अवैध समानसहित मोटरसाइकल बरामद

सिरहा, फागुन २२ गते । प्रहरीको टोलीले सिरहाको लहानबाट आज बिहान अवैध सामानसहित एउटा मोटरसाइकल बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान नगरपलिका–१० स्थित चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको दुई बोरा सुर्ती, नगद रु नौ हजार र नम्बर उल्लेख नभएको एउटा मोटरसाइकल बरामद गरेको हो ।

बरामद भएकोे सामान इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ भने उक्त सामान भारतबाट ल्याउने व्यक्ति फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

सिरहा प्रशासनद्वारा बिचौलियाँलाई कार्यालय प्रवेशमा रोक
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपश्चात जिल्ला प्रशासन कार्यालय सिरहाले दलाल तथा बिचौलियाँलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी अनाधिकृत रुपमा दलाल र बिचौलियाँको कार्यालयमा प्रवेश रोक लगाउँदै सूचना विपरीत दलाल र बिचौलियाँ कार्यालय प्रवेश गरे कानुनबमोजिम कार्वाही गरिने जनाएको छ ।

अनाधिकृत रुपमा दलाल र बिचौलियाँ कार्यालयका कर्मचारीको मिलोमतोमा अनुचित लाभ लिई सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको भन्दै तत्काल यसलाई नियन्त्रण गर्न अख्तियारले निर्देशन दिएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..