» » केही दिनमा पुनः आन्दोलन हुने उपेन्द्र यादवको चेतावनी

विराटनगर, फागुन २६ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारसँग ३५ पटक भन्दा बढी पटक वार्ता भएपनि मधेशप्रति गम्भीर नभएको बताउँदै सरकारको विरुद्धमा नयाँ ढंगको आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

विराटनगरमा पार्टीले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले आफूहरुको आन्दोलन रोकिएको होइन, स्वरुप मात्र परिवर्तन भएको बताउनुभयो ।

उहाँले केही दिन स्वरुप परिवर्तन गरिएको आन्दोलन शक्ती संचय र पुर्ण तयारी पछि केहीदिन भित्रै पुनः नयाँ ढंंगबाट आन्दोलनलाई आगाडि बढाउने बताउनुभाये ।

वर्तमान सरकार इतिहासकै सबभन्दा भ्रष्ट सरकार रहेको आरोप लगाउदै उहाँले भन्नुभयो, अहिले सरकार कालावजारी, तस्कर र माफियाले चलाईरहेको छ, देशको अर्थतन्त्र पनि कालावजारी र माफियाको हातमा छ, जसले अर्थतन्त्र डुबाएको छ ।’

सरकारको भ्रष्ट चरित्रका कारण नेपालको छबी अन्तरर्राष्ट्रिय स्तरमा धुमिल भएको आरोप लगाउदै पुर्व परराष्ट्रमन्त्री समेत रहेका यादबले भुकम्प पुननिर्माणका लागि आएको अर्बोको वजेट भ्रष्टाचार गरि सरकारले सकाएको आरोप पनि लगाउनु भयो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..