» » मधेशी दलको अदुरदर्शिताका कारण मधेश अन्दोलन कमजोर भएको आरोप


सप्तरी, फागुन २२ गते । संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका केन्द्रीय प्रवक्ता बलराम यादवले मधेशमुक्तिको आन्दोलनलाई निर्णायक बनाउन सशस्त्र र निशस्त्र दुवै सङ्गठनहरु बीच कार्यगत एकता हुनुपर्नेमा जोड दिनु भएको छ ।

आन्दोलन समितिद्वारा शनिवार सप्तरीको रुपनी बजारमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनु भएको हो । जारी मधेश आन्दोलन नेताहरुको अदुरदर्षिताका कारण निष्कर्ष विहिन बनेको चर्चा गर्दैै प्रवक्ता यादवले भन्नुभयो, ‘मधेश मुक्तिको आन्दोलनलाई निर्णायक बनाउन सशस्त्र र निशस्त्र दुवै सङ्गठनहरु बीच कार्यगत एकता हुनु आवश्यक छ ।’

मधेशी जनतालाई अधिकार विहिन बनाउन विरोधी शक्तिहरु एकजुट भईसकेको तर मधेशवादी पार्टीहरु बीच मोर्चाबन्दी हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले मधेशको एजेण्डामा सशस्त्र र निशस्त्र शक्ति बीच एकता प्रक्रियालाई सशक्त रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘मधेश राष्ट्रियता हो भन्ने कुरा जारी मधेश आन्दोलनले स्थापित गरिसकेको छ’ प्रवक्ता यादवले भन्ने ‘सहीदहरुको बलिदानीलाई खेर जान नदिन सम्पूर्ण मधेशवादी दलका नेताहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नु जरुरी छ ।’


कार्यक्रममा समितिका केन्द्रीय सदस्य महेश कुमार यादवले मधेश आन्दोलनलाई उपलब्धीमूलक बनाउन निर्णायक आन्दोलन गर्नुपर्नेमा जोड दिनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला संयोजक रामगमन साहको अध्यक्षतामा आयोजित सभामा केन्द्रीय सदस्य भुलाई राम, छेदी यादव, जयप्रकाश यादव, जिल्ला प्रवक्ता भगवती यादव, सचिव तुफान मधेशी, सुभाषचन्द्र बोस, प्रभुनारायण यादवलगायतले सम्बोधन गनुभयो ।
मधेशी राष्ट्रियता बचाउनका लागि समितिद्वारा बृहत मोटरसाइकल र्यालीको आयोजना गरियो ।

मोटरसाइकल र्याली राजविराज, हनुमाननगर, भारदह, कञ्चनपुर हुँदै रुपनी पुगेर सभामा परिणत भएको थियो । जिल्लाका विभिन्न बजारहरुमा पुगेर सभाको आयोजना गरिएको थियो । त्यस क्रममा स्थानीय मधेशी मोर्चाका नेताहरुले र्यालीलाई स्वागत गरेका थिए ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..