» » म्यानमार भ्रमणबाट फर्के सोनल

काठमाडौ फागुन २८ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनल म्यानमरको भ्रमण सकाएर स्वदेश फर्किनु भएको छ ।

म्यानमारको नेपितमा आयोजित राजनीतिकमा महिलाको भूमिका विषयक तीन दिने अन्तरक्रिया कार्यक्रममा भाग लिएर उहाँ विहिवार फर्किनु भएको छ । कार्यक्रम बाहेक म्यानमार उहाँले विभिन्न दलका नेता तथा संसदसँग राजनीतिक भेटघाट गर्नुभएको छ ।

भेटघाटमा उहाँले नेपालको समसामयी राजनीतिक घटनाक्रमको बारेमा जानकारी गराउनुको साथै जारी मधेश आन्दोलनको बारेमा जानकारी गराउनु भएको थियो ।

नेपालमा जारी मधेश आन्दोलनमा राज्यले कसरी दमन गरिरहेको र राज्यले मधेशीमाथि कसरी विभेद गरेको कुरा पनि उहाँले राख्नु भएको थियो । सहारा टाइम्ससँग कुरा गर्दै सोनले भन्नुभयो, नेपालको बारेमा त्यहाँको सांसद र नागरिक समाजका अगुवाहरुलाई थाह भएपनि नेपालमा जारी मधेश आन्दोलनको बारेमा कुनै जानकारी उहाँहरुलाई छैन । नेपालमा सविधानसभामार्फत सविधान जारी भएको छ तर त्यो सविधान जारी भएपछि नेपालको अवस्थाको बारेमा जानकारी थिएन मैले सक्दो जानकारी गराएको हुँ ।’

अन्तरक्रिया कार्यक्रममा पनि उहाँले नेपालमा महिलाको अवस्था खासगरि मधेशी महिलामाथि हुने गरेको विभेदको बारेमा कुरा राख्नु भएको छ ।

उहाँले आङ्गसाङ्ग सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेशी पार्टीका संसद मा केयु केयु ल्वीनसँग पनि भेटनु भएको छ । भेटमाा ल्वीनले आफ्नो देश पनि उन्नतीको बाटोमा लागेको र अझै राम्रो बनाउन संघर्ष जारी रहेको कुरा राखेको कुरा राख्नु भएको नेता सोनलले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..